☰ open Loading... 29 March 2024|  

जनता मावि रानीबासलाई एक लाख अार्थिक सहयोग
  | २१ भाद्र २०७४, बुधबार ०९:२२

सुर्खेत । चिंगाड गाउँपालिका–२ रानीवासमा रहेको जनता माविलाई एक लाख रुपैया आर्थिक सहयोग गरिएको छ । नेपाल खेलकुद महासंघ प्रदेश ६ का ईन्जार्च इन्जिनियर प्रदिपकुमार खत्रीले विद्यालयको शैक्षिक विकासका लागि सो रकम सहयोग गरेका हुन् ।

वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर खत्रीले विद्यालयको खातामा जम्मा हुनेगरी एक लाख एघार हजार एकसय एघार रुपैया सहयोग गरेको जानकारी दिए । २०२९ सालदेखी प्राविबाट पठन पाठन शुरु गरेको विद्यालयले चालु आर्थिक वर्षबाट प्लस टु कक्षा शुरु गरेको छ ।

‘आफू रानीवासमै जन्मिएका कारण त्यही ठाउँको विकास गर्न विद्यालयकालाई आर्थिक रकम सहयोग गरेको हुँ’ खत्रीले भने,–‘खेलकुद क्षेत्रमै आफू आवद्ध भएकाले त्यहाँका विद्यार्थीहरुलाई खेलकुदमा रुचि जगाउन आगामी दिनमा थप सहयोग गर्नेछु ।’

कार्यक्रममा खत्रीले विद्यालयलाई खेलकुद सामग्री समेत प्रदान गरेका थिए । पत्रकार सम्मेलनमा जनता माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर विक, विद्यालयका प्राचार्य लगायतको उपस्थिती थियो ।