☰ open Loading... 20 April 2024|  

भुकम्पकाे जाेखिम बारे सुर्खेतमा अध्ययन
  | २१ भाद्र २०७४, बुधबार १७:१८

सुर्खेत । सुर्खेतसहित  आसपासमा भुकम्पको जोखिमबारे अध्ययन शुरु गरिएको छ । भुकम्पको परिदृश्य निर्माण गर्ने उद्देश्यले सुर्खेत र दैलेखमा प्रकोेप सम्भाव्यता अध्ययन शुरु गरिएको हो ।

कृषी स्वास्थ्य तथा वैकल्पीक जिविकोपार्जन प्रवद्र्धन परियोजना ९पहल० का लागि आर्थिक सहयोग गरिरहेको यु एस ए आईडि, जियो हेजार्ड ईन्टरनेशनलको नेतृत्व तथा सुन्दर नेपाल संस्था सुर्खेतको समन्वयमा सुर्खेतको लेकवेसी नगरपालिका वडा नम्वर ५ नेटासहित वीरेन्द्रनगर नगरपालिका र दैलेखको गुराँस गाउँपालिकाको सीमामा पर्ने रानीमत्तामा सम्भावित अध्ययन शुरु गरेको पहल परियोजनाका कार्यक्रम संयोजक सौरभ कर्माचार्यले जानकारि दिए ।

परियोजनाले हाल सुर्खेतका नौ वटा साविकका गाविसहरु काफलकोट, धारापानि, लेखपराजुल, रजेना, रानिवास र नेटामा नौ वटा क्षेत्रमा काम गरिरहेको संयोजक कर्माचार्यले बताए ।

भुगर्वविद् तथा जियो हेजार्ड ईन्टरनेश्नलका नेपाल प्रतिनिधि उपमा आझालगायतको सुंयुक्त टोलीले सम्भावित अध्ययन गरेर फिर्ता भएको छ । अध्ययनका क्रममा पुराना घर तथा पहाडको फेंदमा भएका वस्तीहरुको नाप नक्सा तयार गर्ने हेजार्डका प्रतिनिधि ओझाले बताए ।

अहिले यो परियोजना प्रदेशनम्वर ६ का सात वटा र प्रदेशनम्वर ७ सुदुरपश्चिमका सात वटा जिल्लामा लागु भएको छ । यो क्षेत्रमा शिवालिक र चुरेबाट भुकम्प शुरु हुुन सक्ने बताएको छ ।

भुकम्पपछि हुने जोखिम र पुर्वजानकारीका लागि परियोजना लागू भएका सवै स्थानिय तह तथा जिल्लाका सरोकारवाला निकायहरुसंग समन्वय गरी जनचेतना जगाइनेछ । यो अध्ययनको प्रतिवेदन अर्को आर्थिक वर्षको अन्तिममा सार्वजनिक गर्ने तयारी छ ।