Loading... 23 November 2017|   बिहिबार, मंसिर ७, २०७४

कार्यसम्पादन मुल्याङ्कनमा दैलेख जिसस प्रथम

दैलेख ।   |

स्थानीय निकाय स्वायत्त शासन ऐन ०५५ र स्थानीय आर्थिक प्रशासन  नियामावली, ०६४ बमोजिम विभिन्न सुधारका कामहरु गरेकाले दैलेख जिल्ला समन्वय समिति न्युनतम शर्त तथा कार्यसम्पादन मूल्याकन ९एमसिपीएम० मा देशकै प्रथम स्थान ओगट्न सफल भएको छ । त्यस्तै दोस्रोमा प्यूठान र तेस्रोमा बाँके रहेका छन् । बाँके यसअघि दोस्रो स्थानमा रहेको थियो ।

प्रचलित ऐन, नियमावली तथा मन्त्रालयको परिपत्रको पालना तथा तोकिएको काम तोकिएकै समयमा कार्यविधिले तोकिएको कामहरु गरेकाले दैलेख जिल्ला समन्वय समिति देशकै प्रथम भएको तत्कालिन स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए । प्याकुरेलले सुशासनमैत्री जिल्लाको रुपमा चिनाउन गाविस तथा जिविसबाट थुप्रै कामहरु गरेका थिए ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको वित्तीय आयोगको सचिवालयले स्वतन्त्र मुल्याकंनकर्ता मार्फत जिविस, गाविस र नगरपालिकाले कानुनको अधिनमा रही मन्त्रालयको परिपत्र अनुसार काम गरेनगरेको प्रतिवेदन गरेर नतिजा प्रकाशन गर्ने गर्दछ । उत्कृष्ट कार्यसम्पादनका आधारमा मुलुककै पहिलो स्थान भएको हो ।

प्रकाशित मितिः बिहिबार, भदौ २२, २०७४     9:37:50 AM
error: Content is protected !!