Loading... 23 November 2017|   बिहिबार, मंसिर ७, २०७४

निजामति सेवा दिवसमा बजार सरसफाइ

सुर्खेत ।   |

निजामति सेवा दिवसको अवसरमा  आज छिन्चु बजार सरसफाई गरिएको छ ।  भेरीगंगा नगरपालिकाको आयोजनामा बजार सरसफाई गरिएको हो ।  

सरसफाई कार्यक्रम अन्र्तगत छिन्चु बजारमा पूर्ण रुपमा सरसफाई गरिएको नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले बताए । उनले नगरको सरसफाई व्यवस्थापनका लागि अभियानात्मक रुपमा निरन्तर लागिरहेको जानकारी दिए ।

उद्योग बाणिज्य संघ भेरी, नेपाली सेना, नेपाल प्रहरी, स्थानिय व्यापारीलगायतको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत प्रेम प्रसाद देवकोटाले फोहोर व्यवस्थापन घरबाटै सुरु गर्नुपर्ने बताए । उनले सबै मिलेर नगरलाई सफा र स्वच्छ राख्न सबैलाई सुझाव दिए ।

कार्यक्रममा नगर उप प्रमुख रेणु आचार्यले नगरको फोहोर व्यवस्थापनका लागि सबै एक हुनुपर्ने बताइन् । नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्दले नगरको सम्वृद्धिका लागि सबैको हातेमालो हुनुपर्नेभन्दै नगर सफा राख्न सबै नगर बासी जुट्नुपर्ने बताए ।

उनले नगरपालिका एक्लैले मात्र चाहेर फोहोर व्यवस्थापन गर्न गाह्रो हुनेभन्दै सबै मिलेर गर्नुपर्ने बताए । ६ नं। प्रदेशको प्रवेशद्धारका रुपमा रहेको भेरीगंगा नगरपालिकाको फोहोर व्यवस्थापन गरेमा त्यसले समग्र प्रदेशको सन्देश नै फरक जानेमा उनको जोड थियो ।

प्रकाशित मितिः बिहिबार, भदौ २२, २०७४     2:34:10 PM
error: Content is protected !!