Loading... 15 December 2017|   शुक्रबार, मंसिर २९, २०७४

‘बजाज मोटरसाइकलको’ प्रदेश ६ मा ७० प्रतिशत बजार हिस्सा

  |

सुर्खेत । वर्कसपबाट व्यवसायमा प्रवेश गरेका लक्ष्मण कंडेलले बजाज कम्पनीको आधिकारिक सोरुम सुर्खेतमा स्थापना गरेका हुन् । २०६३ सालबाट वीरेन्द्रनगरको जुम्लारोडमा असिम अटो पाटर्स नाम दिएर सञ्चालन गरेको बजाज कम्पनीको बजार हिस्सा मात्रै ७० प्रतिशत छ ।

सुर्खेतसहित यहाँ गुड्ने अधिकाँश मोटरसाईकल बजाज कम्पनीकै छन् । बजाज कम्पनीका १५० तथा २२० सीसी पल्सर र बजाज डिस्कभ मोटरसाईकल नै ग्राहकको पहिलो रोजाइ हो । कंडेलले बजाजको सोरुम सञ्चालन गरे यता प्रदेश ६ का सुर्खेतको छिन्चु, वाबियाचौर, जहरे, बोटेचौर तथा सल्यानको सल्लीबजार, जाजरकोट र रुकुमको चौरजहारीबाट पनि आफ्ना ग्राहकहरुलाई सेवा प्रवाह गर्दै आएका छन् ।

स्वरोजगारको आयम ‘बजाज आरइ’

असिम अटो पार्टसले विश्वकै नम्बर एक तीन पाङ्ग्रे ‘बजाज आरइ’ अटो रिक्सा विक्री गर्दै आएको छ । ‘बजाज आरइ एउटा यस्तो लगानी, जसले गर्छ शुरुका दिन देखिनै आम्दानी ’ नारा लिएर विक्री शुरु गरिएको हो । रोजगारीको लागि तेस्रो मुलुक जानु पर्ने बाध्यताको न्यूनिकरण गर्न गत वर्षदेखी नै बजाज कम्पनीका आरइ अटो रिक्सा विक्री हुँदै आएका छन् ।

हालसम्म बजाज कम्पनीका अटो रिक्सा दुइसय बढी विक्री भएको सञ्चालक कंडेल बताउँछन् । बजाज कम्पनीका अटो सुर्खेतसहित मेहलकुना, बोटेचौर, कालिकोट, जुम्ला, दैलेख लगायत ठाउँहरुमा विक्री भएका छन् । ‘आफ्नै ठाउँ बसेर अटोबाट मासिक ६० हजार आम्दानी गर्न सकिन्छ’ सञ्चालक कंडेल भन्छन्,–‘स्वरोजगार बनाउनकै लागि हामीले बजाज कम्पनीका अटो रिक्सा वीरेन्द्रनगरमा भित्राएका हौं ।’

कम्पनीकै मापदण्ड अनुसार सेवा र सर्भिस असिम अटोपाटर्सले दिँदै आएको छ । ग्राहकहरुको सुविधाको लागि २ लाख ३५ हजार डाउन भुक्तानी गरेपछि २४ महिने फाइनान्स सुविधामा अटो रिक्सा विक्री गर्दै आएको सञ्चालक कंडेलको भनाई छ । उनले केही महिनामै स्वरोजगार ¥याली निकाल्ने तयारी गरेको जानकारी दिए ।

‘ग्राहकलाई सेवा दिने हेतुले हामीले झण्डै आधा दर्जनबढी स्थानमा बजाजको आधिकारिक सर्भिस (एसपी) सेन्टर स्थापना गरिसकेका छौं’ असिम अटो पाटर्सका सञ्चालक लक्ष्मण कंडेल भन्छन्,–‘सडक सञ्जालको विस्तारसंगै मुख्य बजार क्षेत्रमा बजाजका मोटरसाईकल चलाउने ग्राहकका लागि यो सेवा सञ्चालन गरेका हौं ।’

२०५६ सालबाट वीरेन्द्रनगरमा वर्कसप तथा ०५८/०६३ सम्म यमाह मोटरसाइकलको सोरुम सञ्चालन गरेर लामो व्यावसायिक अनुभव बटुलेका कंडेल ग्राहकहरुको चाहना अनुसारका बजाज कम्पनीले निर्माण गरेका मोटरसाईकल सुर्खेत भित्राउै आएका छन् । ‘बजाजको आधिकारिक सोरुम सञ्चालन गरेकै एक दशक बढी भयो’ कंडेलले अनुभव सुनाउँदै थपे,–‘ग्राहकको चाहना परिपूर्ति गर्नमै जहिले पनि मैले ध्यान दिए त्यसैले त आज बजाजको बजार हिस्सा ७० प्रतिशत पुगेको छ ।’

ग्राहकहरुको पहिलो रोजाइ नै बजाज कम्पनीका मोटरसाईकल भएकै कारण सुर्खेतमा अन्य कम्पनीको तुलनामा बजाजका मोटरसाईकल बढी विक्री हुन्छन् । ग्राहकले बजाज कम्पनीको मोटरसाईकल रोज्नुको पहिलो कारण सञ्चालक कंडेलले फ्रि सर्भिस, टेस्ट क्याम्प जस्ता अभियान सञ्चालन गर्नुले पनि बजार हिस्सा दिनानु दिन बढ्दो छ । कम्पनीले दिएको लक्ष्यभन्दा बढी मोटरसाईकल विक्री गरेकै कारण कम्पनीबाट कंडेलले ‘वेस्ट अवार्ड’ पाइसकेका छन् ।

हाल सञ्चालनरत बजाजको वर्कसापलाई विस्तार गरेर व्यवस्थित र ठुलो बनाउने योजनामा रहेको सञ्चालक कंडेल बताउँछन् । हाल दैनिक ५० मोटरसाईकल सर्भिस गर्दै आएको असिम अटो पाटर्सले केही महिनामै दुईसय बढी मोटरसाईकललाई सर्भिस दिने वर्कसप विस्तार गर्न लागेको छ ।

व्यवसायीले पैसामात्रै अशुल्छन् भन्ने भ्रमलाई मेटाउन बजाजले स्कुल अभियान अन्तरगत मेरो गाउँ मेरो बजाज अभियान सञ्चालन गर्दै आएको कंडेलले बताए । उनले यही अभियान अन्तरगत विभिन्न पाँच विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिसकेको उल्लेख गरे । स्मरणरहोस् ः बजाजले विगतका वर्षहरुमा एसएलसीमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको थियो ।

दशैं स्पेशल ‘६ निशान’

हरेक वर्षझैं यसवर्ष पनि ग्राहकका लागि बजाजले दशैँ विशेष अन्तरगत ६ निशान अफर ल्याएको छ । दशैँ तथा तिहारमा बजाज कम्पनीका नयाँ मोटरसाईकल खरिद गर्न चाहने ग्राहकहरुले यो अफर पाउनेछन् । ‘६ ठाउँमा स्क्र्याच गर्ने ठाउँ हुन्छ, यी मध्य नयाँ मोटरसाईकल खरिद गर्ने ग्राहकले १ ठाउँ छान्नु पर्छ’ सञ्चालक कंडेल भन्छन्,–‘यो अफरमा ग्राहकले स्क्र्याच गरेर ६ हजारदेखि ६ लाख सम्मको नगद उपहार पाउने छन् ।’

प्रकाशित मितिः बिहिबार, भदौ २२, २०७४     7:58:23 PM
error: Content is protected !!