Loading... 18 November 2017|   शनिबार, मंसिर २, २०७४

जनप्रतिनीधिहरुले ‘म खाँदिन’ भन्दै हस्ताक्षर गरे

  |

सुर्खेत । ‘म खाँदिन’ भन्दै जिल्लाका नौँ ओटा स्थानीय तहका जनप्रतिनीधिहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । शुक्रबार वीरेन्द्रनगरमा जिल्ला समन्वय समिति र संयुक्त नागरिक समाज संस्थाहरुले आयोजना गरेको कार्यक्रममा जनप्रतिनीधिहरुले हस्ताक्षर गरेका हुन । यस्तै राजनीति दल र नागरिक समाज संस्थाहरुले समेत म घुस खाँदिन भन्दै हस्ताक्षर गरेका छन ।

लामो राजनीतिक संक्रमणकाल पछि नयाँ संरचना अन्र्तगत २० वर्षपछि भएको स्थानीय तहमा जनप्रतिनीधिका रुपमा निर्वाचित भएर काम गर्न पाएको अवसर हाम्रो लागि ऐतिहासिक छ । जनताका धेरै अपेक्षाको बीच सक्केसम्म उदाहरणीय काम गरेर देखाउछु भन्ने मेरो प्रतिवद्धता छ ।

सुशासननै प्रमुख मुद्दा भएको अहिलेको सन्र्दभमा म आफु आफ्नो कार्यकाल भर स्वच्छ र पारदर्शी भई कुनैपनि नराम्रो काम गर्ने छैन । भष्टाचार विकासको बाधक हो, यसको निराकरणका लागि म प्रतिवद्ध छु । म मेरो गाउँ, मेरो नगर र मेरो जिल्लालाई सुशासनयुक्त बनाउन दृढ संकल्प गर्दछु ।

मेरो कार्यकालमा ‘म घुस खान्न, दिन्न र सहन्न’ भन्दै जिल्ला समन्वय समितिका संयोजक र उप–संयोजक, नगरपालिकाका प्रमुख र उप–प्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुले संयुक्त रुपमा हस्ताक्षर गरेको थिए ।

सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्साललको अध्यक्षता भएको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थ, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४     3:40:15 PM
error: Content is protected !!