Loading... 19 September 2017|   मङ्लबार, अशोज ३, २०७४

बिगतका कमजोरीहरु दोहो¥याउनु हुँदैन : उपाध्याय

  |

शिवप्रसाद उपाध्याय नेकपा एमालेमा नौलो नाम होइन । सुर्खेतको बामपन्थी आन्दोलनमा निरन्तर संलग्न उपाध्याय कर्मचारी सेवामै रहदाँ राजनीतिमा लागे वापत बर्खास्तीमा पर्नु भएको थियो । उहाँ नेकपा एमालेको तर्फवाट वीरेन्द्रनगर नगरपालिकाको दुई पटक उपमेयर र २०५६ सालमा भएको निर्वाचनमा प्रतिनिधिसभाको समेत उम्मेदवार हुनुहुन्थ्यो । २०७० को संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उपाध्याय ३ बर्ष भन्दा बढि पार्टीको जिम्मेवारीबिहिन हुनुभयो । हाल पार्टीको राष्टिय हित सुरक्षा प्रर्वद्धन विभागको सदस्यसमेत रहेका उपाध्यायसंग समसामयिक बिषयमा गरिएको कुराकानी ः

आज भोली के गर्दै हुनु हुन्छ ?

स्वास्थ्यमा केही समस्या देखिएकोले उपचारकै क्रममा छु । यसवाहेक राजनीतिक रुपमा भन्नुपर्दा संविधान कार्यान्वयनको घडीमा मुलुक अघि बढीरहेको छ । नेपाल सरकारले संघ र प्रदेशको निर्वाचनको मिति तोकिसकेको अवस्था छ । यतिखेर सबै पार्टीहरुको ध्यान संघ र प्रदेशको निर्वाचन तर्फ आकर्षित भएको छ । नेकपा एमालेको म एउटा इमान्दार कार्यकर्ताको हैसियतले प्रदेश नम्बर ६ मा एमाले पहिलो पार्टी हुनुपर्छ भन्ने मान्यता राखेको छु । यसै अभियानमा जुटेको छु । यसमा सबै कार्यकर्ता पंक्ति एकताबद्ध भएर परिचालित हुन जरुरी छ । केन्द्रले पनि उपयुक्त निर्देशन गर्न जरुरी छ । संघिय संरचना अनुकूलको संगठन निर्माणका लागि आह्वान गर्न आवश्यक छ । यिनै कामहरुमा लागिरहेको छु ।

लामोदेखि नेकपा एमालेको जिम्मेवार तहमा बसेर काम गर्नु भयो । वीरेन्द्रनगर नगरपालिकामा नेतृत्वको अवसर पाउनु भयो । कस्तो अनुभव रह्यो ?

सबभन्दा महत्वपूर्ण विषय २०४६ सालको जनआन्दोलन पछि मुलुकमा प्रजातान्त्रिक वातावरण सिर्जना भयो, त्यसपछि स्थाानीय निकायहरु निर्वाचनका चरणहरु आए । जस अन्र्तगत वीरेन्द्रनगर नगरपालिकामा पार्टीले मलाई उप–मयेर पदमा जिम्मेवारी दियो । त्यो समयमा वीरेन्द्रनगरबासी आमा दाजु भाई तथा दिदी बहिनीहरुले माया गर्नु भयो । तत्कालीन अवस्थामा नेकपा एमालेको तर्फबाट मेयर र उप–मयेरसहित तीन सदस्य जित्ने अवसर पाइयो ।

म नगरवासी जनतासंग ऋणि छु । त्यस प्रान्त २०५१ को माध्यवधि निर्वाचनमा मेयर यामलाल कंडेल सांसदको चुनाव गईसकेपछि मैले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्ने अवसर पाएको थिए । न्यून स्रोत साधन, न्यून जनशक्तिका बाबजुद पनि नगरपलिकालाई ब्यवस्थित तरिकाले संचालन गरेका थियौ। तपाईलाई भन्दा अच्चम लाग्छ होला त्यतिबेला व्यापारीहरुले दिएको चुङ्गीको भरमा नगरपालिका चलाउनु पर्ने बाध्यता थियो । त्यो अवस्थामा हामीले नगरका अधिकारका बारेमा, जनताका समस्याका बारेमा माथिल्लो निकायसम्म पु¥याउने र समस्या समाधान गर्ने कुरा तर्फ जोड दियौ ।

त्यतिबेला हामीले २ ओटा कुरालाई अगाडी बढयौँ । पहिलो नम्बर भ्यालीको खानेपानी आपुर्तिका लागि वैकल्पिक स्रोतका रुपमा भ्रmुपा खानेपानीको आयोजनाको अवधारणालाई अघि बढायौँ । सतह ढल निर्माणलाई पनि अघि बढाएका थियौँ । त्यो अहिलेसम्म पनि कार्यान्वयन हुनसकेको अवस्था छैन । हामीले अघि बढाएको झुप्रा खानेपानीको आयोजना सफल भएको छ । त्यतिबेला पनि हामी ठूलाठूला योजनाहरुको योजना बनाई काम सम्पन्न गर्ने तर्फ लाग्यौ । त्यसैगरी स्रोत साधन स्कूलका भवनहरु निर्माणतर्फपनि हाम्रो ध्यान पुगेको हो । अझैपनि जनताको आवश्यकता अनुसारका धेरै योजनाहरु पुरा बाँकी छ ।

अहिले जग्गा कारोबार गर्नेहरुबाट बाटा–घाटाहरु खोलिएका छन, ति बाटाघाटाहरु बैज्ञानिक छैनन । कतिपय ठाउँमा एम्बुलेन्स मोड्न सक्ने अवस्थाका छैनन् । साधुरा सडकले सुविधा सम्पन्न सहर बनाउन सकिदैन । सार्वजनिक संघ–संस्थाहरुका लागि जुन जग्गा छुटाउनुपर्ने हो, त्यहाँपनि गाह्रो अवस्था छ । विशेषगरी हामी शिक्षा, स्वास्थ्य र खानोपानी यी तीन वटा कुराहरु हाम्रो कार्यकालमा काम गरेको थियौँ । यसैगरी विश्वविद्यालय स्थापनाका सवालमा पनि नेकपा एमालेको महत्वपुर्ण भुमिका रहेको छ । अब विश्वविद्यालयलाई यस प्रदेशको नमुना विश्वविद्यालयको रुपमा र यस क्षेत्रको समग्र विकास निर्माणलाई सम्बोधन गर्ने पाठयक्रम व्यवस्थापन गर्नुपर्ने जरुरी छ ।

पार्टीमा लामो समयदेखि नेतृत्वमा हुनुहुन्छ ? यस बीचमा पार्टी भित्र विभिन्न समयमा सहमति र विमति पनि देखिए । यसबारेमा तपाईको अनुभव के छ ?

म २०३४ देखि २०३६ सम्म ल क्याम्पसको विद्यार्थी हुँ । त्यतिबेलादेखि म अनेरास्ववियूमा संगठित भएको थिए । त्यसपछि म सुर्खेतमा छु, भुमिगतकाल देखिनै म पार्टीको सम्पर्कमा रहेर काम गरेको थिए । भ्यालीमा जे जति संगठनहरु छन्, त्यहि संगठनहरु निर्माणको क्रममा मेरो पनि भूमिका रहेको छ । त्यसपछि हामीले पार्टीलाई एकताबद्ध बनाएर लैजाने क्रममा पहिलो जिल्ला अधिवेशन २०४९ मा रामघाटमा सम्पन्न भएको थियो । अधिवेशनबाट मैले जिल्ला कमिटीको सदस्यको जिम्मेवारी पाएको थिए । २०४९ को पहिलो जिल्ला अधिवेशनदेखि म अहिलेसम्म लगातार जिल्ला कमिटीमा बसेर पार्टी दिएको जिम्मेवारी निर्वाह गरी जनवादी केन्द्रीयताको आधारमा पार्टीमा क्रियासिल छु । २०६४ सालको निर्वाचनमा पनि हामीले सुर्खेतमा दुई वटा क्षेत्र जित्न सफल भयौँ । हामीले गरेका काम, पार्टीका नीति कार्यक्रम जनताका बीचमा जाने हो भने, जनताको जनजीविकाको सवालमा, जनतालाई परिवर्तन र रुपान्तरण गर्ने, र मुलुकलाई समृद्ध दिशातर्फ लैजाने सवालमा एमालेको जस्तै कार्यक्रम अन्य पार्टीको छैन । ‘कहिले काँही पार्टीको बिधि र बिधानहरु अनुसार नचल्दा चाहेको अनुसार सफलता प्राप्त गर्न सकिदैन । त्यसमा जनताले हामीलाई खबरदारी गरेका छन् । जनतालाई समृद्धि तर्फ लैजाने नेकपा एमालेसंग भिजन छ, योजना छ । यो योजनालाई हामी कार्यकर्ता पंक्तिले कतिको कार्यान्वयन गर्छौ, त्यसैमा सफलता भर पर्छ ।

पार्टी संचालनमा लामो अनुभव पनि छ । हाल जिल्ला पार्टीको गतिविधिलाई कसरी मूल्याङ्कन गर्नु भएको ?

जिल्ला कमिटीको अधिवेसन पछि अपेक्षा अनुसार जति काम हुनुपर्ने हो त्यति हामीले गर्न सकेका छैनौँ । अझै हामी एकताबद्ध हुन बाँकी छ भन्ने संकेत जनताले गरिरहेका छन् । हामी हिड्दा फेर्दा हामी लड्यौँ, फेरी उठेर हिड्यौँ, हामी विभिन्न समयमा विभिन्न समस्याहरु झेल्दै पनि आएका छौँ । जनताले पनि अब नेकपा एमाले एकताबद्ध होस भन्ने चाहान्छन् ।

अझैपनि हामीसंग विगतका तिता–मिठा भोगाई अर्थात् आफूमा लागेका कुराहरु खुला खुलास्त राखेर पार्टी पंक्तिभित्र संस्थागत ढङ्गले आलोचना, आत्माआलोचना गर्ने परिपार्टीलाई सबल र समृद्धि बनाउने यो पाटोलाई संचालन गर्न जरुरी छ । त्यसो हुन सक्यो भने अहिलेपनि जनमतका हिसाबले नेकपा एमाले पहिलो पार्टी बन्छ । यो जनमतलाई परिणाममा रुपान्तरण गर्न र भोली हुने निर्वाचनमा व्यवहारमा उतार्न पार्टी पंक्तिमा नै भरपर्छ । जनतालाई सहज रुपमा भोट हाल्न पाउने वातावरण बनाउने जिम्मेवारी कार्यकर्ताहरुको हो । त्यो जिम्मेवारी पुरा गर्न सकियो भने फेिर पनि नेकपा एमाले सुर्खेतमा पहिलो पार्टी हुन सक्छ ।

कामका कुरामा हामी कहाँ चुक्यौँ भन्ने कुरा गम्भिरताका साथ नेतृत्व पंक्तिले सोच्नु पर्छ । अब निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने कुराको महत्वपूर्ण कार्यभार सम्पूर्ण कार्यकर्ता पंक्ति र संगठिक सदस्य समेतको हो । त्यो ऐतिहासिक जिम्मेवारी पुरा गर्ने सवालमा नेतृत्वले उत्साहित हुने योजनाहरु दिन जरुरी छ । अर्को कुरा के हो भने जनताको माया विना, समर्थन बिना हामी चुनावमा जानुको अर्थ हुदैँन ।

यो प्रदेशको चुनावमा एमालेका एजेण्डाहरु कस्ता रहन्छन ? 

एनेकपा एमाले प्रदेश नम्बर ६ ले भिजन योजना भनेर सार्वजनिक गरेको छ । त्यही भिजनलाई कार्यान्वयन गर्दै जाने हो भने यो सबै भन्दा समृद्ध प्रदेशको रुपमा रुपान्तरण हुने, स्रोत र साधनले सम्पन्न प्रदेश बन्न सक्छ । यसमा हामी दुविधामा पर्नुपर्ने कुरा छैन । यहाँको स्रोत साधन शिक्षा, स्वास्थ्य, पर्यटन, जडीबुटी, जलविद्युत र कृषि क्षेत्रलाई राम्रोसंग प्रयोग गर्न सक्यो भने सबै भन्दा समृद्ध प्रदेश बनाउन सकिन्छ ।

सुर्खेत र समग्र प्रदेश नम्बर ६ को सन्दर्भमा एमालेको कस्तो अवस्था छ ?

सुर्खेतमा हाम्रो प्रतिस्पर्धी कांग्रेस नै हो । समग्र प्रदेशको सवालमा भन्नुपर्दा हाम्रो मुख्य प्रतिस्पर्धी समेत नेपाली कांग्रेस नै हो । माओवादी केन्द्रको स्थान तेश्रो हो । स्थानीय तहको निर्वाचनले जुन परिणाम देखाएको छ त्यसबाट पनि अब हुने निर्वाचनमा नेकपा एमाले बहुमत सहितको पहिलो पार्टी हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

विगतमा पनि जनमत हुदाँ हुदैपनि एमाले आन्तरिक द्घन्द्घकै कारणले पराजित हुनु परेको इतिहास छ । यसपटक पनि पहिलो पार्टी हुन्छ भन्ने कसरी विश्वास गर्ने ? 

कार्यकर्ताको भावना समेटिनु पर्ने मुख्य कुरा हो । अब हामीले बिगतमा घातक बनेका त्यस्ता कमजोरीहरु दोहो¥याउनु हुदैन । एमालेले सफलता प्राप्त गर्दा सबैको भविष्य सुरक्षित हुने हो । बिगतमा केही गल्ती भए । त्यस्ता गल्तीहरु अब दोहो¥याउनु हुदैन । सबै साथीहरुले पार्टीको निर्णयलाई शिरोधार्य गरेर चुनावी अभियानमा जुट्नु पर्छ । हामी सबैको त्यसैमा भलो छ ।

प्रदेश र संघमा तपाईको कुन पदमा उम्मेदवारी रहन्छ ?

मेरो व्यक्तिगत कुनै चाहाना छैन । पार्टीले कहाँ कुन ठाउँमा आवश्यकता ठान्छ, पार्टीको आवश्यकता अनुसार मैले जिम्मेवारी पुरा गर्ने हो । चुनावमा खट् र चुनाव संचालन गर् भनेपनि मान्नु पर्छ । पार्टीले तोकेको जिम्मेवारीमा म तत्परताका साथ लाग्न तयारी अवस्थामा छु ।

विगतमा एमाले नेता तथा पोलिटब्यूरो सदस्य यामलाल कंडेलसंग तपाईको व्यक्तिगत प्रतिस्पर्धा पनि देखियो । अहिले कस्तो छ सम्बन्ध ? 

यामलाल कंडेल हाम्रो नेता पनि हो, प्रदेश नम्बर ६ को सह–संयोजक पनि हुनुहुन्छ । उहाँसंग मेरो आग्रह पुर्वाग्रह कुनैपनि छैन । उहाँले भनेको कुराहरु मैले आत्मसाथ गर्नुपर्छ । संस्थागत कुराहरुलाई मैले कहिलेपनि नजर अन्दाज गर्ने कुरा हुदैन । पार्टीका नेताहरुलाई नभनेर कसलाई भन्ने ?
उहाँले सबै कार्यकर्ताहरुका कुरालाई गम्भिरताका साथ लिनु पर्छ । उपयुक्त र गम्भिरताका साथ निकास निकाल्ने जिम्मा र अभिभारा उहाँकै काँधमा छ । उहाँले उचित निणर्य गरेर अघि बढ्नु हुनेछ भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्त छु ।

एमालेबाट यो प्रदेशको मुख्य मन्त्रीको रुपमा यामलाल कंडेलको चर्चा छ । त्यसमा तपाईको धारणा केहो ?

हाम्रो जिल्ला र त्यसमा पनि हाम्रै पार्टीबाट मुख्य मन्त्री हुने कुरा सौभाग्यको कुरा हो । सुर्खेती जनताका लागि यो महत्वपूर्ण कुरा हो । प्रदेश नम्बर ६ को केन्द्र सुर्खेत नै हो । त्यसमा हामी सबै खुसी हुनुपर्छ । उहाँ उम्मेदवार बन्नु भयो भने पक्कै पनि विजय सुनिश्चित छ । सबैलाई मिलाएर लैजाने जिम्मेवारीमा पनि उहाँ हुनुहुन्छ। यि सबै कुराहरुलाई विश्लेषण गरेर अगाडी बढ्नु हुनेछ भन्नेमा म बिश्वस्त छु ।

तपाईको कस्तो सहयोग रहन्छ ?

पार्टीले निर्णय गरी सकेपछि मेरो पूर्ण सहयोग रहन्छ । नेकपा एमालेमा पार्टीको निणर्यलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । पार्टीले निर्णय गरेपछि निश्चित रुपमा पालना गर्नुपर्छ । दाँया–बायाँ गर्ने चान्स हुदैन । माक्र्सवाद र लेलिनबादको सिद्धान्तले के भन्छ भने पार्टीको कुनैपनि संगठित सदस्यहरुले पार्टीले आयोजना गरेको आन्दोलनका कार्यक्रम होस या पार्टीले संचालन गरेको रचनात्मक कामहरु होस निस्वार्थ पालना गर्नुपर्ने हुन्छ ।

एमाले सचिव योगेश भट्टराईले भावी प्रधानमन्त्री रुपमा केपी शर्मा ओलीलाई पार्टीले प्रधानमन्त्रीको रुपमा उठाउने खुलासा गुर्न भएको छ । यसमा तपाईको धारणा के छ ?

राष्ट्रिय राजनीतिमा केपी कमरेडको भुमिका रह्यो । त्यो हामी सबैको गौरवको विषय हो । त्यो आफ्नो गौरवको अनुभुति गर्नु भएको जस्तै मलाई लागेको छ । को हुने के हुने भन्ने कुराको संस्थागत निर्णय नै प्रमुख हुन्छ । संस्थागत निर्णय राष्ट्रिय राजनीतिकमा कसलाई कहाँ स्थापित गर्ने कुरा निर्धारण गर्छ ।

पछिल्लो समय एमालेले मधेस सम्बन्धी लिएको राष्ट्रिय अडानवारे तपाईको धारणा ?

नेकपा एमाले स्थापनाकाल देखि नै राष्ट्रियताको सवालमा पहिलो पार्टीं हो । विदेशी हस्तक्षेपको विरोध, सामान्तवादको विरोध, सामान्तवादको विरोध गर्ने एउटै पार्टी हो । कमरेड पुष्पलालको दस्तावेजलाई हेर्ने हो भने राष्ट्रियताका सवालमा उहाँ स्पष्ट दृष्टिकोण यो मुलुकको हितको निम्ती छन ।

कुनैपनि हालतमा नेकपा एमाले राष्ट्रियताका सवालमा काँहि कतै चुकेको हेर्न चाहन्न । काँहि कतै कसैले तेढा आँखा लगाएर हेर्न चाहदैन । जसले भारतसंग आँखामा आँखा जुधाएर आफ्ना कुराहरु राख्न सफल भएको छ । केपी कमरेडको कुरा गर्नुहोस या मनमोहनको कुरा गर्नुहोस । मनमोहनले प्रस्तुत गरेको राष्ट्रियताका सवालका त्यहि कुराहरुपनि महत्वपुर्ण छन् । पछिल्लो समय भारत भ्रमण जादाँ केपी कमरेडले भारतसंग आँखामा आँखामा जुधाएर कुराहरु राख्दा समग्र नेपालीहरु शिर उच्च बनाएको छ । यो विषयलाई जनताहरुले पनि समर्थन गरेका छन । विदेशमा समेत नेकपा एमालेलाई सबल र सक्षम पार्टीको रुपमा चिनिएको छ ।

अन्त्यमा केही भन्नु छ की ?

म सवभन्दा पहिला तपाईको लोकप्रिय  अनलाइन पत्रिका पश्चिम नेपाल डटकमलाइ लाई धन्यवाद दिन चाहान्छु । मेरा बिचार लिनु भएकोमा । सुर्खेतको विकासका लागि सम्पुर्ण कार्यकर्ता साथीहरु एकताबद्ध हुन आग्रह गर्दछु ।

प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४     9:38:18 AM
error: Content is protected !!