☰ open Loading... 28 March 2024|  

पूजा गर्न जाउ भनेर श्रीमतीको ढुंगाले थिचेर हत्या
  | २५ भाद्र २०७४, आईतवार १८:१०

सुर्खेत । सल्यानको काल्चेमा पूजा गर्न जाँदै गर्दा एक व्यक्तीले श्रीमतिको निर्मम हत्या गरेको खुलेको छ । सल्यानको पञ्चबारे गाउँपालिका–६ का करिव ३१ वर्षीय टेकबहादुर विकले पूजा गर्न जाँदै गरेकी करिव २४ वर्षिय श्रीमतिको पञ्चकला विकका हत्या गरेको खुलेको हो ।

गुर्भाकोट नगरपालिका–२ गोचेखोलामा स्थानीयले आइतबार शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । टेकबहादुरले नै श्रीमती पञ्चकलाको हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक धुव्र थापाले जानकारी दिए । उनका अनुसार सल्यानको काल्चेमा पूजा गर्न टेकबहादुर र पञ्चकला शनिवार घरबाट गएका थिए ।

घटनाको प्रकृति हेर्दा टेकबहादुरले शुरुमा श्रीमतिको सलले नै घाँटी थिचेर हत्या गरेको र पछि खोलामा पालेको देखिन्छ’ थापाले भने,–‘खोलामा फालेपछि पनि टेकबहादुरले नै ढुंगाले थिचेको अवस्थामा शव भेटीएको छ, यसको अनुसन्धानमा हामी जुटेका छौं ।’ प्रहरीका अनुसार पञ्चकला शारिरीक रूपम अशक्त रहेकाे खुलेका छ ।

हत्याका आरोपी टेकबहादुरलाई प्रहरीले गुर्भाकोटकै धारापानीबाट पक्राउ गरेको छ । उनलाइ लिन प्रहरीकाे टाेली रैकर पुगेकाे छ । टेकबहादुरले हत्या के कारणले गरेका हुन भन्ने थप नखुलेको थापाले जानकारी दिए ।