Loading... 23 November 2017|   बिहिबार, मंसिर ७, २०७४

यात्रुसंग मनपरि भाडा असुली

  |

दैलेख । दैलेख सदरमकाम भए चल्ने ग्रामीण सडकहरुमा रोड प्रमिटविना सञ्चालनमा आएका छन् । ती गाडीहरुले मनपरि शल्क असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका हुन् ।

धरमपोखराबाट सुर्खेतका लागि छतभरि मान्छे बोकेर छुटेको बस ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ती सडकमा चल्ने सवारीसाधनहरुको निगरानी नगर्दा सवारी सञ्चालकहरुको मनोवल रुपमा भाडा असुल्ने गरेका हुन् । यात्रुहरुले अनुसार एउटा ५ जना चढ्नेमिल्ने सिट क्षमताको गाडीमा २५ जनासम्म कोचेर मनपरि शुल्क लिने गरेको गुनासो गरेका हुन् ।

सवारी चालक र सवारी धनीले दैलेखका विभिन्न ग्रामीण सडकमा मनपरि भाडा असुलेपनि प्रहरी चुप हुँदा यात्रुहरुले दुःख पाएका हुन् । दैलेखबजारबाट पश्चिमतिर डाँडीमाडी, कुसापानी, चामुण्डा तथा बाँसी, खरिगैरा र नौमुले, चौराठा, बेस्तडा, सेरी, अवलपराजुल आदि स्थानहरुमा चल्ने गाडीहरुमा बढी पैसा असुल्नेदेखी सिट संख्याभन्दा सातौं गुणाबढी यात्रु ओसार्ने गरेका हुन् ।

प्रहरीको संक्रियाता नहुँदा गाडीधनीहरु खुलेआम यात्रुसंग ठक्ने गरेका गुनासो आईरहेको छ । ट्राफिक प्रहरीले जंगल नजिक बसेर जरिवाना काट्ने गरेपनि दिनहुँ गाडी धनीहरुले निर्वाध मान्छे कोच्ने र बढी रकम अशुल्ने गरेको छन् ।

पटक पटक जरिवाना मात्रै काट्ने तर, कार्वाही नहुँने समस्या देखीएपछि ट्राफिक प्रहरीको समेत मिलोमत्तो भएको आंशका स्थानीयहरुले गरेका छन् । तेस्रो पटक जरिवाना काट्ेर चौथो पटक पनि उही समस्या देखीए सवारी नियन्त्रणमा समेत लिन सकिने छ तर, यहाँ जरिवाना बाहेक अन्य कार्वाही गरेका पाईदैन् ।

कम्तिमा ३ सयदेखी १३ सयसम्म जिल्लाभित्र जिपहरुले शुल्क उठाउने गरेको गुनासो यात्रुहरुले गरेका छन् । दैलेख प्रहरी प्रमुख डिएसपी सरोज पौडेलले अव, गाडीको भाडादर तुरुन्त लागु हुने बताए । ‘मनपरि मान्छे बोक्ने र रातो लम्वरका जिपहरु हिडेको खवर आएको छ ट्राफिक प्रहरी परिचालन गरेर रोकिने छ ।’ डिएसपी पौडेलले भने, सवै कार्वाहीको दायरामा आउनेछन् ।’

प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४     1:24:54 PM
error: Content is protected !!