☰ open Loading... 19 April 2024|  

जग्गा बाढीले बगाउँदा सोह्र परिवारको विचल्ली
  | २८ भाद्र २०७४, बुधबार १०:१६

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवारको जग्गा वनहरा नदीमा आएको बाढीले बगाउँदा विचल्लीमा परेका छन् । खेती लगाउँदै आएको झण्डै दुई बिगाहा दश कट्ठा जग्गा भदौ दोस्रो साता आएको बाढीले बगाएपछि खेतीमै आश्रित परिवार समस्यामा परेका हुन् ।

धान र सखरखण्डी लगाएको खेत नदीमा आएको बाढीले कटान गरी बगरमा परिणत गरेको स्थानीय मंगल चौधरीले बताउनुभयो । “जग्गा बगेपछि पीडित परिवारले मजदुरी गरी दैनिक गुजारा चलाउनु पर्ने अवस्था आएको छ” उनले भने ।

जग्गा नदीले बगाएपछि ती परिवारसँग अब घरमात्रै बाँकी रहेको उनले बताए । नेपाल रेडक्रस सोसाइटीले दातृ निकायको सहयोगमा ६० मिटर लामो अस्थायी तटबन्ध निर्माणको कार्य गरी जग्गा कटानको कार्य रोकथाम गरिरहेको छ ।

तटबन्ध निर्माणको कार्यमा स्थानीयले श्रमदान गरिरहेका छन् । तत्काल स्थायी समाधानको उपाय नगरिए जग्गा कटानको चपेटामा परेका १६ पर%Etent_score=30