Loading... 23 November 2017|   बिहिबार, मंसिर ७, २०७४

तीनसय एक अटाे रिक्सा प्रहरीकाे नियन्त्रणमा

  |

सुर्खेत । सवारी चालक अनुमति पत्र र ब्लुवुक नभएका अटाे रिक्सा प्रहरीले नियन्त्रणमा लिएकाे छ । वीरेन्द्रनगरमा रूट परमिट विना मनपरी अटाे रिक्सा सञ्चालन गरेकाे भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएकाे हाे ।


प्रहरीले ३०१ अटाे रिक्सा नियन्त्रणमा लिएकाे छ । बाँकी बजारमा रहेका अटाे रिक्सा नियन्त्रणमा लिने अभियान जारी राखेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख कवि सेन्चुरीले जानकारी दिए । उनले अटाे रिक्सा चलाउन अावश्यक कागजपत्र विना चलाएकाे पाइएकाले नियन्त्रणमा लिएकाे बताए ।

स्राेत अनुसार प्रदेश ६ नम्बर प्रहरी कार्यालयका एअार्इजी रणबहादुर चन्दले निर्देशन दिएपछि अटाे रिक्सा नियन्त्रणमा लिएकाे बतायाे । अटो व्यवसायीहरुले मनपरी भाडा लिने, ओभर स्पिड सवारी चलाउने गरेको जनगुनासो अाएपछि अटाे रिक्सा नियन्त्रणमा लिएका प्रमुख सेन्चुरीले बताए । अटाे रिक्सा मध्य ६ जनाले मात्रै वैधानिक रूपमा अटाे रिक्सा चलाएकाे जनायाे । प्रहरीले ति रिक्सा चालकलार्इहरूकाे कागज पत्र हेरेर फिर्ता गरेकाे थियाे ।

बाँकी अटाे रिक्सा अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा छन् । अटाे रिक्सा नियन्त्रण लिएकाे विषयमा व्यवसायिहरूले मुख खाेलेका छैनन् । साँझ ५ बजेपछि मात्रै अाफूहरूले अाधिकारिक धारणा सार्वजनिक गर्ने व्यवसायीहरूकाे भनार्इ छ । यता, प्रहरीले भने, साँझ पाँच बजेपछि मात्रै उनीहरूलाइ छलफलमा बाेलाएकाे जानकारी दिएकाे छ ।

प्रकाशित मितिः बुधबार, भदौ २८, २०७४     1:08:31 PM
error: Content is protected !!