☰ open Loading... 16 April 2024|  

एक वर्षमै सबै मुद्दा फैसला
  | २९ भाद्र २०७४, बिहीबार १०:३५

ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर नै हो भन्ने विधिशास्त्रीय मान्यतालाई मध्यनजर गर्दै उच्च अदालत सुर्खेतले मुद्दाको शिघ्र फैसलामा जोड दिएको छ । अदालतले सबै मुद्दा दर्ता भएको मितिले वर्ष दिन नबित्दै फैसला गर्ने गरेको छ । उच्च अदालतले गत आवमा ४ सय ८५ मध्ये ३ सय ८८ मुद्दा फछ्र्यौट गरिसकेको छ । ती सबै मुद्दा दर्ता भएको मितिले एक वर्ष ननाघेका हुन् ।

रजिष्ट्रार जितेन्द्र थपलियाले ९७ मुद्दा फछ्र्यौट हुन बा“की रहेको बताए । त्यस्तै २१ थान रिट फछ्र्यौट गरेको छ । दर्ता भएको मितिले ९ महिनाभित्र फैसला गरिसक्ने कार्ययोजना अनुरुप रिट फछ्र्यौट गरेको उनको भनाई छ । श्रेस्तेदार थपलियाका अनुसार अघिल्ला वर्षबाट जिम्मेवारी सरेका ५१ र ४ सय ३४ थान नया दर्ता भएका मुद्दा हुन् ।

चालू आवको साउनदेखि हालसम्म देवानीतर्फ रिटसहित १६, फौजदारी १ सय ४९ र रिट ३ थान छन् । तीमध्ये ३८ मुद्दाको फैसला भैसकेको छ । १५ दिनभित्र फैसला तयार पारि तुरुन्त अपलोड गर्ने काम भैरहेको थपलियाले जनाए । कायममुकाम मुख्य न्यायाधिस गुणराज ढुंगेलले योजनाबद्ध तरिकाले अदालतले पारदर्शी रुपले न्याय सम्पादनको काम गरिरहेको बताए । ‘सेवाग्राहीले उच्च अदालतबाट कुनै दुःख पाउनु भएको छैन् । फैसला समयमै हुने गरेको छ’ उनले भने ।