☰ open Loading... 20 April 2024|  

पोखरा भञ्ज्याँङमा बन्याे ६५ लाखकाे खानेपानी अायाेजना
  | २ आश्विन २०७४, सोमबार १८:१५

सुर्खेत । दुई सय १६ घर परिवार लावान्वित हुने गरी लेखवेसी ९ पोखरा भञ्ज्याँङमा निर्माण गर्न लागिएको बुलबुले खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोष फनबोर्डको सहयोग तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा निर्माण गर्न लागिएको सो खानेपानी आयोजनाको सोमबार शिलान्यास गरिएको हो ।

खानेपानी आयोजनाको लेखवेसी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले शिलान्यास गरे । एक घर एक धारा अन्तर्गत आयोजना अन्तर्गत २ सय १६ वटा धारा निर्माण गरिने सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक ओमप्रकाश थापाले जानकारी दिए ।  कार्यक्रम संयोजक थापाका अनुसार ६५ लाख जम्मा लागतमा निर्माण गर्न लागिएको सो आयोजनाका लागि ५० लाख फनबोर्डको र बाँकी २० प्रतिशतले हुने आउने १५ लाख रुपैँया स्थानीयले श्रमदान गर्नेछन ।

आयोजनाको निर्माण अबको दश महिनामा सम्पन्न हुने थापाले बताए । शिलान्यास कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष टिकाराम सोमैको अध्यक्षतामा सम्पन्न भएको थियो ।