☰ open Loading... 20 April 2024|  

रापप्रा विद्यार्थी संगठनको संयोजकमा बिसी
  | ३ आश्विन २०७४, मंगलवार १८:१८

सुर्खेत । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुर्खेतको भेला मंगलबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलाले रोशन विसीको संयोजकमा १८ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । त्यसैगरी संगठनको सह–संयोजकमा तिर्थ अधिकारी, रमेश शाही र बिश्वमित्र उपाध्याय जिम्मेवारी तोकिएको छ ।

यस्तै सचिव मा सुनिता बिक, सहसचिबमा बिपिन रोकाय र वसन्त महत,कोषाध्यक्षमा उषा चपाइ रहेको छन । संगठनको सदस्यहरुमा सन्दिप नेपाली, भिमप्रसाद उपाध्याय, बिमल शाही, हिक्मत शाही,बर्षा थापा ,प्रकाश कार्की, रीदेश घताने, मित्रता थापा, दीक्षा शाही, मनोज शाही रहेका छन् ।

भेलामा राप्र बि.सं का प्रदेश न.६ का सह–संयोजक एवम् जिल्ला अध्यक्ष प्रेम बिसीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश संयोजक मुकुन्दश्याम गिरी पार्टीका जिल्ला अध्यक्ष मानबहादुर खड्का, उपाध्यक्ष इश्वर श्रेष्ठ, सचिव जनक सिंह र ,सह–सचिब कमलदेव जिसी लगाएतको उपस्थिती थियो ।