☰ open Loading... 20 April 2024|  

दैलेखमा पनि वल्ड लिंककाे अफ्टिकल फाईवर सेवा विस्तार
  | ९ आश्विन २०७४, सोमबार १०:११

दैलेख । वल्ड लिंकले ईन्टरनेट सेवा दैलेखमा सुरु गरेको छ । रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरेर आफ्नो अफ्टिकल फाईवरबाट सेवा सुरु भएको जानकारी दिएको हो ।

अहिले तार रहित सेवा दिएपनि तिहारपछिबाट अफ्टिकल फाईवर मार्फत सेवा दिने कम्पनीले जनाएको हो । जिल्लाको सवै स्थानीय तहका गाँउगाँउमा ५ महिनाभित्रै आफ्नो सेवा दिनका लागि प्राविधिकहरु तयारी अवस्थामा राखीएको जिल्ला मेनेजर कृष्ण चालिसेले बताए । यो ईन्टरनेट सेवा जोड्ने ग्राहकहरुलाई पंचकोशी डिजिटल केवलबाट ७ सय च्यानल क्षमता भएको लाईन फ्रिमा जोडिने जनाईएको छ ।

सस्तो सुर्लभमा घर तथा कार्यालयमै दक्ष प्राविधिकहरुले ईन्टरनेट जोड्ने विशेष छुट अफर पनि राखिएको वल्ड लिंक दैलेखले जनाएको छ । २२ देशमा वल्ड लिंकले प्रभावकारी रुपमा ईन्टरनेट सेवा दिदै आईरहेको छ ।

अव दैलेख र सुर्खेतमा अफ्टिकल फाईवर तिहारसंगै जोडिने छ । नौमुले, दुल्लु र बराहमा पहिलो पटक नै अफ्टिकल फाईवर विछ्याईने मेनेजर चालिसेले बताए । फास्ट ईन्टरनेट सेवा जिल्लामा भए संचारको विकास हुने नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसी कार्यक्रममा बताए ।