☰ open Loading... 20 April 2024|  

मिस नेपाल दैलेखमा
  | ११ आश्विन २०७४, बुधबार १३:५३

दैलेख – मिस नेपाल (२०१७) निकिता चाण्डक चिनमा हुने मिस वल्डमा भाग लिन जानु पूर्व सामाजिक कार्यमा संलग्न भएकी छिन् । उनले नेपालमा सामाजिक क्षेत्रमा गरेको प्रभाव विश्वमाँझ देखाउनका लागि दैलेख आएकी हुन् ।

क्याप्सन ः दैलेखको विकट चामुण्डा विन्द्रासैनी नगरपालिकाको लैनचौरमा पुगेर मिस नेपाल निकिता चाण्डकले महिलाहरुलाई सचेतना तथा सरसफाई सामाग्री वितरण गर्दै । तस्विर ः पश्चिमनेपाल डटकम

उनी दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका लैनचौरमा आयोजित कार्यक्रममा महिनावारी हुँदा महिलाहरुले विशेष सरसफाई गर्नुपर्ने बताईन् । कार्यक्रममा उनले छाउपडीका बेला महिलाहरु सुरक्षित हुनुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने र महिनावारी हुँदा प्रयोग हुने कपडा सफा हुनुपर्ने लगायतका विषयमा आफ्नो भनाई तथा अनुभव साटेकी थिईन् ।

दैलेखको विकट चामुण्डा विन्द्रासैनी नगरपालिकाको लैनचौरमा पुगेर मिस नेपाल निकिता चाण्डकले महिलाहरुलाई सचेतना तस्विर ः पश्चिमनेपाल डटकम

 

उनले विशेष सरसफाईमा जोड दिन सहभागी किशोरी तथा महिला दिदिबहिनीसंग आग्रह गरेकी थिईन् ।

उनले सहभागी दिदिबहिनीलाई आधा घण्टा लगातार सरसफाई सम्वन्धी आफ्नो भनाई राखेकी थिईन् । सहभागीहरुले महिनावारी हुँदा सरसफाईमा आफुमात्रै नभई सवै दिदि बहिनीलाई सचेत गराउने उद्घोष गरे ।

दैलेखको विकट चामुण्डा विन्द्रासैनी नगरपालिकाको लैनचौरमा पुगेर मिस नेपाल निकिता चाण्डकले महिलाहरुलाई सरसफाई सामाग्री वितरण गर्दै । तस्विर ः पश्चिमनेपाल डटकम

उनले सहभागी सवैलाई सरसफाई सम्वन्धी सामाग्री पनि वितरण गरेकी थिईन् । मिस नेपालसंगै दैलेखका सामाजिक अगुवा बासना थापा पनि पुगेकी थिईन् । मिस नेपाल निकिता चाण्डकले विकट नगरपालिकामै पुगेर घरदैलो समेत गरेकी थिईन् ।

घरदैलोमा उनले विशेष महिनावारी हुँदा सरसफाईमा ध्यान दिनुपर्ने सचेतना सन्देश दिएकी थिईन् ।