☰ open Loading... 20 April 2024|  

दुल्लुमा स्थानीय तह स्तरिय भलिवल हुँदै
  | ११ आश्विन २०७४, बुधबार १४:०३

दैलेख – दैलेखमा स्थानीय तह स्तरिय भलिवल प्रतियोगिता दुल्लुनगर पालिकामा सुरु भएको छ । शहिद पूर्ण स्मृति प्रतिष्ठान दुल्लुले आयोजनाको गरेको स्थानीय तह स्तरिय भलिवल प्रतियोगितमा ८ स्थानीय तहबाट सहभागी छन् ।

भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी । तस्विर ः पश्चिमनेपाल डटकम

सहिद पूर्ण स्मृति स्थानीय तह स्तरीय खुल्ला जिल्ला ब्यापी भलिबल प्रतियोगिता उद्घाटन एक समाहरोहविच दैलेखको दुल्लुमा भएको छ । उद्घाटन कार्यक्रममा दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले खेलकुद समाजको विकासमा अभिन्न अंगको रुपमा रहेको बताए ।
यूवाहरु खेलकुदको माध्यमबाट समाज परिवर्तनमा आफ्नो भुमिका खेल्ने पनि उनले बताए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषी सिजापती लगायत सहभागी थिए ।

८ वटा स्थानीय तहबाट भलिवल प्रतियोगितामा टिम सहभागी छ । खेल ३ दिनसम्म चल्ले प्रतिष्ठानका अध्यक्ष रत्न शाहीले बताए ।