☰ open Loading... 20 April 2024|  

दशैंको मौका छोपेर लुट
  | ११ आश्विन २०७४, बुधबार १४:४५

ट्राफिक प्रहरीसंग जिप साहुँ सेटिगले सहज गाडीमा मान्छे काँच्ने गरेको आंशका स्थानीयहरुले गरेका छन् ।

दैलेख – दैलेखका विभिन्न सडक खण्डमा भाडाका चल्ने निजि तथा सार्वजनिक जिपहरुले दशैंको अवसर पारेर खुलेआम भाडा बढी असुल्ने गरेको पाईएको छ ।

ट्राफिक प्रहरीकै अगाडी उनीहरुले ४ जना क्षमताको जिपमा ३५ जनासम्म चढाएर हिड्ने गरेको पाईएको छ ।
श्रोतका अनुसार सामान्य जरिवानामै दिनहुँ छोड्ने गरेको पाईएको छ ।

३५ जनाभन्दा बढी यात्रु कोचेर चामुण्डा हिडेको जिप । तस्विर ः पश्चिमनेपाल डटकम

जिप साहुँजीहरुले ट्राफिक प्रहरीसंग मिलेर दशैंको अवसर पारेर कमाउने मौका समेत गरेको यात्रुहरु बताउँछन् । ३ पटक ५ सय देखी १५ सयसम्म जरिवाना गरेपछि यातायात कार्यालयमा जिपका कागजात तथा गाडी बुझाउनुपर्ने कानुनी ब्यवस्था भएपछि ट्राफिक प्रहरीले जरिवाना मात्रै काट्ने गरेका छन् ।

सित क्षमताभन्दा बढी यात्रु राखेर पश्चिम दैलेखतिर हिडेको जिप । तस्विर ः पश्चिमनेपाल डटकम

जति हेर्दा पनि गाडी सञ्चालनहरुमा सुधार नआएको एक ट्राफिक प्रहरीले बताए । łजरिवाना काटेका काटे छौ । उनले भने, अँझै मान्छे कोच्न छाडेका छैनन् । ट्राफिक प्रहरीसंग जिप साहुँ सेटिगले सहज गाडीमा मान्छे काँच्ने गरेको आंशका स्थानीयहरुले गरेका छन् ।

बोलेरो जिपमो पछाडीको खाली भागमा समेत यात्रु असुरक्षित रुपमा यात्रु कोचेर हिडेको जिप । तस्विर ः पश्चिमनेपाल डटकम

दैलेखका खुर्सानीबारी, किमुगाँउ, जारकोटमा मात्रै प्रहरी पुगे सवारी साधनहरुमा भएको बेथिति सहज नियन्त्रणमा आउने सुझाव जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सरोज पौडेललाई दिदा समेत सुनुवाई हुन नसकेको नागरिक समाजका प्रतिनिधिहरुले गरेका छन् ।

डिएसपी पौडेलले जिपहरुमा यात्रु कोच्ने गुनासो आएपछि प्रहरी जनशक्ति परिचालन गरेको नियन्त्रण प्रयास गरेको प्रतिक्रिया दिए ।