Loading... 18 November 2017|   शनिबार, मंसिर २, २०७४

दैलेखको तालपाेखरीमा बस दुर्घटना

  |

सुर्खेत । नेपालगन्जबाट दैलेख जाँदै गरेको बस दैलेखको गुँरास गाउँपालिककास्थित तालपाेखरीमा दुर्घटना भएकाे छ । नेपालगन्जबाट दैलेख जाँदै गरेकाे भे १ ख ३३२२ नम्बरको बस बुधबार साँझ पाैने ६ बजे तालपाेखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा तीन यात्रु गम्भीर घाईते भएका छन् । दुर्घटनाको कारण नखुलेको बताएको दैलेख प्रहरीले गम्भीर तीनकाे उद्वार गरेर थप उपचारको लागि सुर्खेत लगिएको छ ।

घाइतेहरूकाे पहिचान खुलेकाे छैन् । बस सडकमै पल्टिएको जानकारी दैलेख प्रहरीले जानकारी दिएकाे छ ।

 

 

प्रकाशित मितिः बुधबार, अशोज ११, २०७४     7:13:04 PM
error: Content is protected !!