Loading... 18 November 2017|   शनिबार, मंसिर २, २०७४

दुल्लुमा शहिद पूर्ण भण्डारीको १५ औ स्मृति दिवस

निरक शाही   |

दैलेख, शहिद पूर्ण भण्डारीको १५ औ स्मृति दिवस आज एक कार्यक्रमको आयोजना गरेर दुल्लू को वालेश्वरमा मनाईएको छ । शहिद पूर्ण स्मृतिको आयोजनामा भएको कार्यक्रममा शहिद पूर्ण भण्डारीको शालिकामा फुलमाला अविरले माल्यापण गरिएको थियो ।

दुल्लुमा शहिद पूर्ण भण्डारीको १५ औ स्मृति दिवसमा माल्यापर्ण गर्दै । तस्विर ः पश्चिमनेपाल डटकम

भण्डारीको तत्कालिन बिद्रोही माओवादीले बालेश्वर नजिक २०५९ साल असोज १२ गतेका दिनमा निर्भद तरिकाले हत्या गरेको थियो । भण्डारी तत्कालिन नेपाली काँग्रेसका क्षेत्रीय सभापति हुँदा नै हत्या भएको थियो ।

कार्यत्र,ममा सहभागिहरुले भण्डारी इमान्दार , सक्षम नेतृत्वदायी , विकासप्रेम परिवर्तनकारी नेता भएको भन्दै उहाँप्रति स्रदान्जली अर्पण गदै प्रसंसा गरेका थिए ।

कार्यक्रममा पुर्व सांसद तथा नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि रंग बहाद’र शाहीले नेता भई सकेपछि आफ्नो भन्दानी समाज र जनताको मनोकांक्षा वुझ्ने नेता वन्न’ पर्नेमा जोड दिन’ भयो ।

नेकपा एमालेका नेता वरुनाथ योगीले भण्डारीसंग विचार फरक भए पनि ब्यवहारमा एकरुपता ल्याएर काम गर्दा जस्तोस’कै समस्या पनि समाधा गर्न सफल भएको भन्दै उहाँको पंससा गनर्’ भएको थियो ।

उहाँले भण्डारी जस्तो नेता कुनै पाटमिा पनी नभएको भन्दै उहाँलाई हत्या गरेपनि उहँको विचारलाई कसैले पन मार्न नसक्ने बताउनु भयो । यस्तै नेकपा एमालेका जिल्ला कमिटिका उप सचिव तिलक रिजालले भण्डारी नेपाली काँग्रेसको मात्र नेता न भई यो क्षेत्रको सबै पार्टीको नेता भएकाले सबैलाई मिलाएर लिन सक्ने क्षमता भएकोले सबैको साझा नेता भएको भन्दै पंससा गनर्’ भयो ।

उहाँले शहिद भण्डारीको सपना साकार पार्नको लागि दुल्लू क्षेत्रका सबै राजनितिक दलहरु एक जुट हुनुकोे विकल्प नभएको बताउनु भयो ।
कार्यक्रमा नेपाली काँग्रेसका महादीवेसन प्रतिनिधि मधुर विक्रम खनालले शहिद पूर्ण भण्डारी जस्ता हजारै शहिदहरुको वलिदानीले देश राजतन्त्रको अन्ते गदै संघियता , गणतन्त्रमा प्रवेस गरेको बताउनु भयो ।

शहिद भण्डारीका सहयात्री आग्ने सार्कीले भण्डारीको पहलमा र योगदानले डुङ्गेश्वर पिपलकोट सडक खण्ड बिस्तारले सुर्खेत देखी नुन बोकेर दुल्लू सम्म आउने समस्या हटेको भन्दै दुल्लूले मुहार फेरेको बताउनु भयो ।

शहिद पूर्ण स्मृर्ति पतिस्ठानका अध्यक्ष रत्न शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति भुपेन्द्र महत , जिल्ला कार्य समितिका सदस्य मतृका प्रसाद रिजाल , नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता राना ,

राप्रपाका जिल्ला सदस्य गणेश रेग्मी , दैलेख काठमाण्डौ समितिका अध्यक्ष एकेन्द्र पन्त लगाएतका नेपाली काँग्रेस प्रति शुभ चिन्तक नेता कार्यक्रर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिस्ठानका सदस्य भरत रिजालले गर्नु भएको थियो ।

प्रकाशित मितिः शुक्रबार, अशोज १३, २०७४     10:23:04 AM
error: Content is protected !!