Loading... 18 December 2017|   सोमवार, पुस ३, २०७४

घर आगमनमा भित्रिएको चाडपर्व : विदेशमा विरक्त नेपाली

  |

प्रेमबहादुर शाही

कनुै पनि देशको आफ्नै विशेषता हुन्छ । जहाँ विभिन्न प्रकारका पहिचान, रितिरिवाज, चालचलन, भाषाभाषि र रहनसहन हुन्छन । त्यो नै त्यस देशका नागरिकहरुको विशेषता हो । यस्तै नेपाल पनि चार वर्ण छत्तीस जातको फुलबारी हो । यहाँ कसैलाई काखा र कसैलाई पाखा गर्ने गरिएको छैन । यसै अनुसार नेपालीहरुको पुर्खौदेखि मनाउँदै आएका विभिन्न चाडपर्वहरु छन ।

ती सवै हाम्रो घर आगनमा भित्रिसकेका छन । नेपालीहरुको लागी वर्षदिनमा आउने सवैभन्दा महान पर्व दर्शै र तिहार हो । हिन्दू धर्मावलम्वीहरुले यसलाई ठूलो उत्सवको रुपमा लिने गरेका छन । नेपाल सरकारले पनि वर्षदिन भरीमा सवैभन्दा बढी सार्वजनिक विदा दिने गरेको छ । देश भित्रबाट मात्र हैन विदेशमा रहेका नेपालीहरु पनि दशै तिहार जस्ता चाडपर्वको निहुँमा घरमा आउने गरेका छन । घरपरिवार सवै वसी वर्षदिनभरीका सुख दुःख साट्ने । मिठो मसिनो खाने ।

नयाँ कपडा लगाउने । वर्षदिनभरीका योजना बनाउने गर्दछन । चाडपर्वको समयमा मनभरीक कुराहरु साटासाट गर्न छन । यीत आफ्नै घरमा भएका घरपरिवारको लागि भयो । तर विडम्बना भन्नु पर्दछ । अधिकांश नेपालीहरु हाम्रो चाडवर्पमा सामेल हुन पाउँदैनन् । उनीहरु बाध्यतावस घरमा आउन पाउँदैनन् । अझै भन्नेहो भने सात समुन्द्रपारी गएकाहरुको पीडा र वेदना यति दर्दानाक छ ।

अहिलेको आकलन अनुसार करिव ४६ लाख बढी नेपालीहरु वैधानिक रुपमा तेस्रो मुलुकमा गएका छन । अवैधानिक रुपमा करिव ८० लाख भन्दा माथि भएको भन्ने गरिएको छ । दोस्रो मुलुकमा कति संख्यामा छन भन्ने कुनै एकिन छैन । यी नेपालीहरु सवै चाडवार्डको समयमा आउन सक्दैनन् । मन त हुन्छ घरपारिवारसँगै वसेर रमाईलो गर्ने ।

अंकमाल गर्ने तर उनीहरुको त्यो सपना एउटा सपनामा मात्र सीमित हुन्छ । भनेको समयमा छुट्टी नदिने । साहुको ढीपीले चाहेर पनि उनीहरु आउँन सक्दैनन् । मनभरीका पीडा र वेदनाले भरीएको मन कहि खोल्न पाउँदैनन् । विदेशमा विरक्त हुनु वाहेक अरु केही गर्न सक्दैनन् । यसै गरी आगमनमा भित्रीएको छ वडादशैं ।

आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाउने चाडपर्व अर्थात नेपालको सबै भू–भागमा मनाइने राष्ट्रिय चाड पनि हो । यसलाई आश्विन शुक्ल प्रतिपदाको दिन विहान जमरा राखी नवमीसम्म दुर्गासप्तशती चण्डी पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वातीको विशेष पूजाआजा आराधाना गरिन्छ ।

आफ्नो कसैले परम्परा अनुसार संस्कृतिलाई जोगाउन, ठूला मान्छेको हात बाट रातो रङको अक्षता लगाई नौ दिन सम्म बिभिन्न कष्ट सहेर गरेको पूजाको आशिर्वाद पाउने आशाको रुपमा मनाउने गर्दछन । घरमा यसरी दशैँलाई मनाईरहदा विदेशमा रहेका नेपालीहरु त्यहि पनि केही गरी चाडपर्वत मनाउने गरेका हुन्छ तर मनमा पीडा लुकाई एक छिनका लागि उमंग र उल्लास हुने गर्दछन ।

जति खुसी उनीहरुको मन घरपरिवारमा हुन्छ । बाहिरी रुपमा जति देखिएपछि भित्रीरुपमा उनीहरुको मन घरपरिवार र नोपलमा हुन्छ । दसैंको दिन आफ्न्तले अक्षतामा रातो रङहारि निधारमा टोका र कानमा जमरा लगाएको फोटाहरु अहिले समाजिक संलाचलमा पोष्ट गरेको देख्दा मन आगो भएर जल्छ । त्यहि फोटोलाई हेर्नु बाहेक अरु कुुनै विकल्प छैन ।

प्रविधिमा आएको परिर्वतनसँगै घरपरिवारसँग त सम्पर्क हुन्छ तर त्यो सम्पर्कलेमात्र उनीहको मन बुझदैन । आँखाभरी आँसु मनभरी पीडा हुन्छ । कतिपय नेपालीहरुले त रोजगारको नाममा उतै जीवनको गुमाएका हुन्छन तीनीहरुको घरपरिवारलाई किन आउँछ चाडपर्व ? भन्ने लाग्छ । राम्रो ठाउँमा रोजगार पाउनेको लागि चाडपर्वहरु रमाई छ भने नराम्रो ठाउँमा काम गर्नेहरुको लागि चाडपर्वको दिनमा पनि विदा पाउँदैनन् । एक ति रमन घरमा अर्को तिर शरि काममा हुन्छन ।

आजभोलि भन्दा भन्दै एक दर्शक सम्म पनि विदा नपाउने गरेका उदाहरणहरु धेरै छन । छरछिमेकीले राम्रो लाएको, मिठो खाएको देखेर झलझल्ति आँखाको अगाडी आउँछ । सवै घरपरिवार जम्माभई, सुख दुःखलाई मेटाई आफु भन्दा ठूला मान्यजनहरुवाट टीका जमरा लगाई शुभ–आर्शिवाद थाप्ने, भातृत्व सद्भाव बढ्ने समयमा विदेशमा बसेर सम्झिनु बाहेक अरु केही हुदैन । यो त दर्शैको समयमा विदेशमा रहेका नेपालीहरुको कथा वेथा भयो भने अव आउँदै गरेको तिहारको कुरा गरौं ।

नेपाली हिन्दु धर्मालम्वीहरुको दोस्रो ठूलो चाड हो यो । कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्लपक्षको द्वितीया पाँच दिनसम्म मनाईने गरिन्छ । तिहारमा दिएको आर्शिवाद लाग्ने जनविश्वास छ । दाजुभाई दिदीबहिनीको लागि यो चाडी निकै महत्व राख्द छ । तिहारमा विदेशीएका वा घरवाट अलग भएका मात्र विरक्तिने हैन, दाजुदाभाई बहिनी नभएकाहरुपनि विरक्तीन्छन ।

उनीहरुको पीडा झनै यति गहिरो हुन्छ केही समय अघि हाम्रो समाजमा दाजुभाई दिदीबहिनी नहुनेलाई नराम्रो दृष्टिले हेर्ने गरिन्थ्यो । अहिले आएर केही परिवर्तन आएको छ । तर पनि चाहेको जस्तो र सोचेको जस्तो भएको छैन । घरआगनमा धपक्क फूलबारी ढाकेको दृश्यहरु छन । छिमेकीहरुको घरमा सयपत्री मखमल छ, तिहारको साइत हेरेर वसिरहका दृश्यहरु देख्ना दाजुभाई दिदीबहिनी नहुनेका लागि मर्नु न बाच्नु हुने गर्दछ ।

पछिल्लो समयाम छिमेकी वा आफु वसेका ठाउँमा रहेकाहरुलाई दाजुभाई दिदीबहिनीको साइनो जोडि तिहारमा टिका लगाउने चलन छ । त्यो चलन एउता सद्भावको मात्र हो । त्यसमा न रगतको नाता हुन्छ न भावनाको । मन शान्त राख्नको लागि मात्र हुन्छ । तर त्यो जोडिएको साईनु सधै टिकाउ हुदैन । कनि भने एकपल्ट जोडिएको नातालाई सधै टेकाईराख्नको लागि कि त आफु सधै त्यहि बन्दु पर्दछ । रोजगारको शिलशिलमा गएका जो कोही पुन: एक दिन आफ्नो घरमा फर्कने गर्दछन ।

त्यसक कारण त्यो दिर्घकालिन हुदैन । एउटा क्षणिक नाता जोडिएको हुन्छ । त्यसैले चाडपर्व सवैका लागि रमाईलो भन्दा धेरैका लागि नरमाईँलो छ । बाध्यताले सधै चाडपर्व मनाउन नपाएका नेपालीहरुको लागि विदेशमा आएको वर्षदेखि सधै यस्तो भएको छ, भन्ने भाव उत्पन्न हुदै जान्छ । त्यसपछि उनीहरुले चाडपर्वको महत्वलाई घटाउर्दै गएका हुन्छन ।

अभिभावकबाट नयाँ पुस्ताहरुले पनि पुरानो चालचलन, रितिरिवा र त्यसको महत्वलाई कम बुझने अवसर पाउछन । केही दशक पछि नेपालीहरुले मनाउँदै आएका चाडपर्वहरु पनि लोप भएर जाने छन । अहिले घरको कुनामा उम्रिएका जमरा र आगन धपक्क फूलेका फूलहरुले विदेशमा रहेका नेपालीहरको लागि पीडादायिक हुन्छ ।

उनीहको मन भक्कानीएर आउँने गर्दछ । जीवनमा जति खुसी भएपनि चाडर्पवको समयमा मनमा ठूलै चोट पुग्छ । जसको पीडा जीवनमा कहिल्यै भुल्न सक्दैनन् । आफु जन्मेको देशसँग जो कोहीको मानिहरुको छुट्टैनाता हन्छ र त्यो नाताबाट छुट्टीएर जानुको पीडा कति दर्दनाक हुन्छ, त्यो पीडा विदेशीएका नेपालीहरुलाई मात्र थाहा छ ।

अझै उनीहरुको पीडा वर्षदिनमा घुमिफेरी आउने त्यहि दिनले कतिपयको मुत्युमो मुखमा पुगाएको हुन्छ । दिनभरीको काम थाकिएको पीडा अझै त्यसैमा मानसिक पीडाले उनीहरुको मन नै जीवनको अन्तिम घडीमा पुराईरहेको हुन्छ । यस्ता अनेकौ प्रकारका पीडादायिक कुराहरुले उनीहरु कुलतमा पनि लाग्ने गरेका छन ।

कतिपय नेपालीहरु विदेशमै पलाएन हुन पुगको छन । छोराछोरीले कमाईकाज गरेर घरमा आउनलान भनेर बाटो हेरेका घरपरिवारहरु छोराछोरी घरमा नआउँदा विदेशमा रहेका नेपालीहरुमात्र हैन्न घरपरिवारपनि दुखित हुने गरको छन । विदेशमा गएका सवै नेपालीहरुले राम्रो काम पाएका पनि हुदैनन ।

१८ घण्टा काम गर्दा पनि समयमा साहुँले आफुलाई तलव नदिएपछि रातदिन आँसुको भल बनाउनु बाहेक केही हुदैन । आफ्नै देशमा रोजागरीको कुनै अवसर नभएका कारण बाध्यताल विदेशीए । गरिविकार कारण विदेशीएका नेपालीहरुको खुसीको दिन कहिल्यै आउदैन । यतिमात्र हैन कदाकदचित राम्रो कमाई गरेर स्वदेश फर्कदा पनि उनीहरु सुिरक्षित हुदैनन् ।

विचवाटैमा लुटिन पुगी पुनः विदेशमा नै फर्किने गरको उदाहरणहरुण पनि धेरै छन । मन भरी उल्लासले भरीएका नेपालीहरु घरको यात्रमा हानिएको केही घण्टामा लुटिन पुग्दा उनीहरुको त्यो उल्लास निरामा परिणात हुन्छ । हामीहरु एक्काईसौं शताब्दीका नागरिक भनिरहदा नेपालीहरुलाई गौरव लाग्ने कुनै काम राज्यले गर्न सकेछ ।

देशको लागि मेरो दण्डको रुपमा लिएका युवाहरु धमाधम विदेश पलाएन हुदा राज्यले के पायो ? के गुमायो ? यसको कहिल्यै समिक्षा हुन नसेका कारण उनीहरु स्वदेशमा चाहेर पनि स्वदेशमा फर्केका छैनन् । दिनभरीको कामको थकानले सिथिलभएर सम्झनछ घरपरिवार, समाज र राष्ट्र अनि सम्झछन हाम्रा कला, संस्कृति, मौलिकता र चाडपर्व ।

तर सम्झनाबाहेक अरु केहीगर्न सकदैनन्, सात समुन्दपारि भएका नेपालीहरुले । अन्त्यसमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई आउँदै गरको वि.स. २०७४ सालको विजया दशमी तथा शुभ–दीपावली साथै आउँदै गरेको छठले सुख, शान्ति, समुद्धि र सु–स्वास्थ्य एवं दिर्घायुसँगै उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

लेखक नेपाल पत्रकार महासंघ शाखा दैलेखका कोषाध्यक्ष हुन ।

प्रकाशित मितिः शुक्रबार, अशोज १३, २०७४     10:58:08 AM
error: Content is protected !!