☰ open Loading... 20 April 2024|  

बस व्यवसायीद्वारा मनपरि भाडा असुली
  | १४ आश्विन २०७४, शनिबार १७:३३

सुर्खेत । दशैंकाे दिन वस व्यवसायीले यात्रुबाट मनपरी भाडा असुली गरेकाे गुनासो यात्रुले गरेका छन् । सुर्खेत सदरमुकामबाट छिन्चु, बड्डीचाैर लगायतका क्षेत्रमा जादा वस व्यवसायीले दाेब्बर भाडा असुल गरेकाे गुनासाे यात्रुहरूको छ ।

चर्काे भाडा असुल्दा समेत प्रहरी र प्रशासन कार्यालय मुक दर्शक बनेकाेमा स्थानीय अाक्राेशित भएका छन् । उनीहरूले अवैज्ञानिक भाडा असुल्दा कुनै ठाउँमा पनि प्रहरीले चेकिङ्ग  नगरेकाे गुनासो समेत गरेका छन् ।

टिकाकाे दिन घरदेखी टाढाको अाफन्तकाे कहाँ जान बस चढ्दा अाफू अनुकलता हेरेर भाडा असुल गरेकाे स्थानीयले बताएका छन् । तर यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले बस व्यवसायीले बढी भाडा असुल गरेकाे कुनै गुनासाे नगरेकाे जानकारी दियाे ।

भाडा बढी असुल गरेकाे थाहा पाएमा तत्कालै नजिकैको प्रहरी विट, चाैकी वा कार्यालयमा खवर गर्न प्रहरीले अपिल गरेकाे छ । मनपरि भाडा असुल गरेकाे विषयमा अाफूहरूले छड्के चेकजाँच गरेर कारवाही गर्ने अाश्वासन सुर्खेत प्रहरीले दिएकाे छ ।