☰ open Loading... 19 April 2024|  

कान्छा पत्रकार अाचार्यकाे उद्घाेष ‘९० घण्टाकाे अन्तरवार्ता गर्छु’
  | २४ आश्विन २०७४, मंगलवार १८:३९

सुर्खेत । कान्छा पत्रकार सुजन आचार्य यति बेला मिडियामा राम्रै छबि बनाउन सफल भएका छन्। उनले गरेको कामले यतिबेला अाचार्यकाे चर्चा चुलिएकाे छ । सानै उमेरबाट पत्रकारितामा हाेमिएका अाचार्य नेपालकै कान्छा पत्रकारको नामले नै चिनिन्छन ।

नेपाल सरकारका प्रधानमन्त्रीदेखि उच्च अाेदामा रहेका ब्यक्तिसँग ९० घण्टाकाे अन्तरवार्ता लिएर बिश्व रेकर्डमा नाम लेखाउने याेजनामा कडा परिश्रम गरहेकाे उनले जानकारी दिए । उनले ११ बर्ष को उमेरमा नै प्रधानमन्त्री सुशील कोइरालाको अन्तरबार्ता लिएका थिए र ABC टेलिभिजनबाट प्रसारण हुने नेपाल दर्शन र मिसन न्यूजमा कार्यक्रम संचालन गरेका थिए ।

नेपाल दर्शन शनिबार र सार्बजनिक बिदाका दिन बिना पास हिडेका गाडीहरु समाउने उक्त कार्यक्रम को उदेश्य थियो । जस अनुरूप उनले नेपालका गृहमन्त्री, शिक्षा मन्त्री लगायत देश जनतालाई कानुन सिकाउने व्यक्तिको गाडी नै प्रहरीको हिरासतमा पुगेका थिए ।

विभिन्न जोखिमपूर्ण तरिकाले सरकारी कर्मचारी माथि जाइलागेका सुजन यतिबेला विश्व रेकर्डमा नाम लेखाउन तिर निरन्तर मेहनत र अध्ययन गरिरहेका बताउँछन् ।

‘म अब विश्वमा सबैभन्दा लामो टेलिभिजन कार्यक्रम चलाएर विश्व रेकर्डमा नाम लेखाउने प्रयास गरिरहेको छु’ अाचार्य भन्छन्,-‘एउटा नयाँ बिषयको साथ म त्यो कार्यक्रम गर्न जाँदैछु सबैले साथ दिनु हुन्छ भने आसा गरेको छु ।’ अागामि बैशाखमा ९० घण्टाकाे अन्तरवार्ता काेसँग र कसरी गर्ने भन्ने सुचि केही दिनमा सार्वजनिक गर्ने बताएका छन् ।