☰ open Loading... 16 April 2024|  

‘सुर्खेत-भुरिगाउँ-तेलपानी सडकलार्इ बहुवर्षे याेजनामा पार्दैछाैं’
  | ३० आश्विन २०७४, सोमबार १६:३७

आजभोली के गर्दै हुनुहुन्छ ?
कार्यालयको काममा व्यस्त छौं । योजना अनुसारको कामहरु कसरी अगाडी बढाउने भन्ने विषयमा हामी जुटेका छौं । साथै, यो आर्थिक वर्षमा सञ्चालन हुने नयाँ सडक आयोजनाहरुको टेण्टर प्रक्रिया सञ्चालन गर्नुपर्ने भएकले लागत इष्टीमेट तयार गर्ने काममा व्यस्त छौं ।

डिभिजन सडक कार्यालयले कति जिल्ला हेर्छ ?
यस कार्यालयले सुर्खेत र दैलेख जिल्लाका सडकहरु हेर्दै आएको छ ।

मुख्य सडकहरु कुन–कुन हुन ?
हामीले हेर्न मुख्य सडकहरु चार ओटा छन् । रत्न राजमार्गको बबईदेखी वीरेन्द्रनगर, सुर्खेत—दैलेख सडक खण्ड, कर्णाली राजमार्गको सुर्खेतदेखी दहीखोलासम्म र छिन्चु–जाजरकोट सडक खण्डको बोर्डर ७० किलो मिटर (सुर्खेत–जाजरकोट जिल्लाको सिमानासम्म) डिभिजन सडक कार्यालयले हेर्दै आएको छ । सुर्खेत—दैलेख सडक खण्डको लम्बाई ६७ किलोमिटर छ । यस्तै गुमी—पातिहाल्ला सडक, १४ किलोमिटर तुल्सीपुर—पुरनधारा बाटेचौर सडक, तल्लो डुंगेश्वर—दुल्लु कुसापानी सडक पनि हामीले हेर्दै आएका छौं । यसै वर्षदेखि साना पुराना सडकहरु हामी कहाँ आएका छैनन् । ति सडकहरु स्थानीय सरकारमा जादैछन् । ठेक्का भईसकेको बाँकी रहेका साना र पुराना कामलाई टुंगिने चरणमा छन् । तर निर्माणका लागि बजेट भने आएको छैन ।

कर्णाली राजमार्गखण्ड पर्ने निर्माणधिन पुलहरु अझैपनि अलपत्र छन, समयमै पुल निर्माण नहुदाँ यात्रुहरुले समस्या भोग्नु परेको छ ? समयमै काम सम्पन्न नहुनु ठेक्कादारको लापरवाही नै हो, कार्यालयले यसतर्फ किन गम्भीर नभएको हो ?

कर्णाली राजमार्ग अन्र्तगत डिभिजन सडक कार्यालयले तीन ओटा पुल निर्माण गुर्नपर्ने हो । डिभिजन सडक कार्यालयले कुमाल खोला र बोटे खोलामा पुल निर्माणको जिम्मा ठेक्का मार्फत ठेकेदारहरुलाई दिएको हो । उहाँहरुको लापरवाही र बदमासीकै कारण पुल निर्माणमा ढिलाई भएको सत्य हो । कुमाल खोला र बोटे खोलामा निर्माण जिम्मा लिएको ठेक्कदार कम्पनीलाई कालो सूचीमा राखी ठेक्का तोडेर हामी अघि बढेका छौं । पुल निर्माणका लागि नयाँ ठेक्का सम्झौता गरी तिहार लगत्तै काम अघि बढाउन उदेश्य अनुसार हामी जुटेका छौं । ज्याक्सी खोला पुल निर्माणको काम पनि तिहार लगत्तै सुरु गर्दैछँैं ।

विगतका जस्तै ढिलाई नहुने र तोकिएकै समयमा काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई हामीले दिने हो त्यो काममा कार्यालयबाट कुनै कमजोरी भएको छैन् । सिमित कर्मचारीहरुका विचपनि हामीले नियमित अनुगमन र पुल निर्माणका लागि कम्पनीलाई दवाव दिँदै आएका थियौं र आगामी दिनमा यो रफ्तार जारी रहन्छ । यात्रुहरुको सहजताको लागि हामीले अनुगमन कार्यलाई तिव्रता दिएकै हुन्छ ।

तर ठेकेदार कम्पनी काम गर्दा–गर्दै विचैमा फरार हुन्छन् र उनीहरुलाई ताकेता गर्दैमा समय वित्छ । यसकारण नागरिकहरुमा पनि काम गरेन कार्यालयले भन्ने जनगुनासो आउनु स्वभाविकै हो । कार्यालयले वदमासी ठेकेदारले काम नगरेरको खण्डमा विभाग समक्ष पत्र काटेरै नयाँ प्रक्रिया पढाउन आग्रह गरेका छौं । आशा छ, यो सडक खण्डमा निर्माधिन पुलहरु अवको केही वर्षमा सम्पन्न गर्नमा हामी प्रतिवद्ध छौं ।

अन्तर प्रदेश जोड्ने सडकहरु कुन—कुन हुन र तिनको निर्माण कार्य कस्तो छ ?
अवश्य पनि, सुर्खेत प्रदेश नम्बरको सम्भावित राजधानी हो । कार्यालयले विगतदेखि अन्तर जिल्ला जोड्ने सडकको अवधारणा अघि बढाएको थियो । सोही अनुरुप आज ति सडकहरुले अन्तर प्रदेश सडकको रुपमा काम अघि बढिरहेको छ । हामीसंग चार ओटा सडक छन् । प्रदेश नम्बर ५ को सुर्खेत—कोहलपुर जोड्ने रत्नराजमार्ग, तुल्सीपुर—पुरनधारा–बोटेचौर, तेलपानी—भुरीगाउँ र प्रदेश नम्बर ७ संग जोड्ने बड्डीचौर गुटु, विजौरा विनीघाट हुँदै सात नम्बर प्रदेश जोड्न सडकहरु हुन् । यी मध्य रत्न राजमार्ग र तुल्सीपुर–पुरनधारा सडक खण्ड संचालन भइरहेको छ । यसको बाँकी कामपनि दु्रत गतिमा अघि बढेको छ ।

प्रदेश नम्बर ७ जोड्ने बड्डीचौर—बेनिघाट जोड्ने सडकको सर्भे सम्पन्न भएको छ । यो सडकको लम्बाई ६५ किलो मिटर हो । त्यसलाई हामीले बहुवर्षिय आयोजनामा राख्न बाँकी छ ।

यता, सुर्खेत–तेलपानी–भुरिगाउँ सडकलाई पनि हामीले बहुवर्षे योजनामा राख्दैछौं । यो सडकको सर्भे सम्पन्न भएर इआइआईको काम जारी छ । वातारण प्रभावकै कारण सडक निर्माणमा केही ढिला चाही भएको हो । वातारण प्रभाव मुल्याकंनको काम पनि जारी रहेकाले रत्नराजमार्ग हुँदै प्रदेश ७ पुग्न यो सडक निकै छोटो दुरीको हुनेछ । रानीघाटमा पक्की पुल निर्माण जारी छ । वातावरण प्रभाव मुल्याकंन र पुल निर्माणको काम संगसंगै सम्पन्न हुँदैछ । मानसरोवर जोड्ने यो महत्वपूर्ण सडकको निर्माणको लागि हाम्रोतर्फबाट कुनै कमी हुन दिएका छैनौं ।

सडक कार्यालयले अनुगमन कार्यलाई प्रभावकारी नबनाउँदा ठेकेदारको मनपरी हुने र समयमै योजना सम्पन्न नुहुने भन्ने आरोपलाई कसरी चिर्नुहुन्छ ?
पक्कै पनि काम गर्ने क्रममा आलोचना हुनु राम्रो हो । हामीले कुनै पनि आयोजनाहरुको प्रभावकारी अनुगमन गरेकै हुन्छौं । किनकी भोली कुनै काम गुणस्तरहिन भयो भने जवाफ हामीले नै दिनुपर्छ । तपाईँ यहाँ आइरहँदा प्रभाविधिक कर्मचारीहरु यहाँ हुनुहुन्न उहाँहरु फिल्डमा हुनुहुन्छ । अनुगमनको पाटोलाई हामीले तिव्र दिएका छौं । कहिले काही सानो तिनो आयोजनाले गर्दा र जनशक्ति अभावले मात्रै अनुगमन नहुने हो तर हामी नियमित फिल्डमै हुन्छौं । कार्यालयबाट इन्जिनियर र क्षेत्रीय कार्यालयबाट निर्देशक ज्यु पनि अनुगमनमा जानु हुन्छ । गुणस्तरीय काम भए नभएको बारेमा ल्याब टेस्ट अनिवार्य गर्नुपर्ने प्रावधान भएकाले पनि फिल्डमा जानु पर्छ । मनपरी गर्ने ठेकेदारहरुलाई हामीले तह लगाएकै छौं । कतिको कालो सूचिमा नाम दर्ता भएको छ । हामी जनताका सेवक भएकाले काम गर्नमा कुनै कञ्जुसाई गरेका छैनौं । मनपरी गर्नेलाई कारवाही पनि त गरेका छौं ।

कर्मचारीको अभाव छ की छैन ?
कार्यालयमा फुल दरबन्दी छैन् । ६ जना इन्जिनियरको दरबन्दी छ तर कार्यालयमा ३ जनामा मात्र इन्जिनियर छन् । ३ तीनको दरबन्दी रिक्त छ । सब–इन्जिनियरको पनि दरबन्दी अनुसार पदपुर्ति भएको छैन । पदपुर्ति नहुदाँ काममा कठिनाई भएको छ । यता कार्यालयमा कर्मचारी अपुग छन् भोली स्थानीय तहमा निर्माणाधिन सडक वा पुलहरुको तत्काल अनुगमन गर्न जानु प¥यो भने कर्मचारी छैनन् ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
हामी समग्रमा सडक निर्माणको कार्यलाई अघि बढाइरहेका छौं । आगामी दिनमा सबै पक्षबाट रचनात्मक सहयोगको अपेक्षा पनि गर्दछौँ । सुझाव दिनुहोस् तपाईहरुकै ठाउँमा निर्माण भइरहेको सडक के कस्तो रुपमा बनिरहेको छ भन्ने खवरदारी आम नागरिकहरुले पनि गरिदिनुहोस् । यसले गुणस्तरिय काम गर्नमा सहयोग पु¥याउँछ । मैले डिभिजन सडक कार्यालय सुर्खेतको जिम्मेवारी सम्हालिरहेको अवस्थामा मेरो विचार राख्ने मौका दिनुभएकोमा पश्चिमनेपाल डटकमलाई विशेष धन्यवाद दिनचाहान्छु ।