Loading... 15 December 2017|   शुक्रबार, मंसिर २९, २०७४

जलवायु राष्ट्रिय सम्मेलन : दश बुदे जुम्ला घोषणा पत्र जारी

  |

सागर परियार
जुम्ला । जुम्लामा जारी दुई दिने वाताबरण सम्बन्धी राष्ट्रिय सम्मेलनले १० बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । जलवायु परिवर्तन, खाद्य सुरक्षा तथा स्वच्छ खानेपानी लगायत अन्य विषयको वर्तमान अबस्था तथा भावी रणनितिबारे तयार गरेर जुम्ला घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।

पर्वतिय क्षेत्रको ज्ञान सिप जैविक विविधताको प्रवद्धन तथा अनुकुलन, अल्पीकरण गर्न एकीकृत गर्ने, जलवायु अनुकुलनका लागि स्थानिय सरकारले जनसभागितालाई सुनिश्चित गर्ने, जलवायु पविर्तनबाट भविष्यमा निम्तिन सक्ने सम्भावित असर, स्थानिय उद्यमशिलता बजारमा पँहुच तथा पर्यटन र रोजगारी प्रबद्धन गर्ने लगायतका मुद्दाहरु घोषणा पत्रमा उल्लेख छन् ।

विभिन्नकारण विस्थापित हुने समुदायलाई सम्बोधन गर्ने, पर्वतिय समुदायलाई विशिष्ट सम्बोधन गर्ने, स्थानिय तहमा जलवायु अनुकुलनका लागि छुटै संरचना तयार गर्ने, पानीका स्रोतको संरक्षण तथा प्रवद्धन गर्ने लगायत बुदाहरू समावेश गरिएकाे घोषण पत्र तयार समितिका संयोजक रतननाथ योगीले बताए ।

उनका अनुसार जारी घोषणा पत्रमा पर्वतियबासीको जीवनशैली जलवायु परिवर्तन पारेको प्रभाव अनुकुलनका मुद्धालाई विशेष सम्बोधन गरिएको छ । उनले जारी घोषणा पत्रको कार्यान्वयनका लागि स्थानिय तहले नै अगुवाई गर्ने समेत बताए ।

जलवायु परिवर्तनले पारेको असर बाट कुनै निकाय तथा व्यक्ति समाज उम्कन नपाउने भन्दै त्यसबाट अनुकुलित हुन तर्फ स्थानिय तहको ध्यान केन्द्रीत हुनुपर्नेमा जुम्लाका जनप्रतिनिधिहरुको भनाई छ ।

सम्मेलनममा विभिन्न मन्त्रालयका प्रबुद्ध व्यक्ति, दातृ निकायका जनप्रतिनिधि लगायतको सहभागितामा रहेकाे किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक गोर्ख बहादुर थापाले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, अशोज ३१, २०७४     7:58:54 AM
error: Content is protected !!