☰ open Loading... 20 April 2024|  

रिपोर्टर्स क्लव सुर्खेत अध्यक्षमा खड्का
  | ३१ आश्विन २०७४, मंगलवार १६:१४

सुर्खेत । रिपोर्टर्स क्लव शाखा सुर्खेतको अध्यक्षमा सुशील खड्का सर्वसम्मत चयन भएका छन् । क्लवका प्रदेश नम्बर ६ सह–संयोजक गोविन्द केशीको अध्यक्षमा भएको भेलाले खड्कासहित १६ सदस्यीय जिल्ला शाखा सर्वसम्मत चयन गरिएको हो ।

शाखाको उपाध्यक्षमा डिलप्रसाद शर्मा, सचिवमा शेरबहादुर थापा, सह–सचिवमा मदन विक र कोषाध्यक्षमा चाँदनी केसी छन् । यस्तै सदस्यमा लक्ष्मण सोनी, विमला खड्का, डिलु रावत, पूर्णबहादुर खड्का, तृप्ती शाही, सुवर्ण शाही, नन्दकृष्ण जैशी, दिपकजंग शाही, नविन शाही, युवराज पंगाली र महेश रोकाय छन् ।

शाखा सुर्खेतको सल्लाहकार समिति पाँच सदस्यीय रहेको छ । सल्लाहकारमा गणेशकञ्चन भारती, प्रकाश अधिकारी, भानुभक्त खड्का, ललित बसेल र दिपक बुढा छन् ।