☰ open Loading... 18 April 2024|  

पत्रकार ढुंगानामाथि प्रहरीद्धारा निर्घात कुटपिट
  | १ कार्तिक २०७४, बुधबार ०८:२३

अछाम । नेपाल पत्रकार महासंघ अछाम शाखावाट केन्द्रिय पार्सद यज्ञराज ढुंगानामाथि प्रहरीले साँघातिक आक्रमण भएको छ । असोज ३० गते बेलुका मंगलसेन बजारमा खाजा खाईरहेको अवस्थामा प्रहरीले बिनाकारण गुण्डागर्दी शैलीमा आक्रमण गरेको पिडित ढुंगानाले पत्रकार सम्मेलन गरि जाँनकारी दिए ।

करिब ८ बजेको समयमा आफुलाई प्रहरी चौकी मंगलसेनको टोलिले बिना कुनै गल्ति निर्घात रुपमा कुटपिट गरेको ढुंगानाले पत्रकार सम्मेलनमा गरि जानकारी दिए । प्रहरीले आनवस्यक रुपमा हतकडी लगायर कुटपिट गरेको भन्दै ढुंगानाले दोषिलाई तत्काल कारबाहि हुनुपर्ने बताएको छ ।

प्रहरी चौकी मंगलसेनका ईञ्चार्ज पदम बहादुर बुढामगर सहित ९ जना प्रहरीको टोलिले आफुलाई गुण्डागर्दी शैलीमा कुटपिट गरिनु अन्यायपूर्ण रहेकोले जिल्ला अदालतमा मुद्धा दर्ताकाे प्रक्रिया पनी अगि बढाएको पिडित ढुंगानाले बताए । केन्द्रिय पार्सद ढुंगाना नेपाल पत्रकार महासंघ अछाम शाखाको संस्थापक सदस्य, तथा रेडियो अछामका सल्लाहकार सम्पादक र प्रेस यूनियन अछामका पूर्व सभापती समेत हुन ।

यता, नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले महाँसंघका केन्द्रिय पार्सद ढुंगानामाथि भएको अमानविय र असोभनिय ढंगको प्रहरी आक्रमणको घट्नाप्रति महासंघ अछाम शाखाको गम्भिर ध्याँनाकर्षण भएको जनाएको छ । ढुंगानामाथि भएको उक्त प्रहरी आक्रमणको पत्रकार महाँसंघ जिल्ला शाखा अछामले प्रेस बिज्ञप्ति मार्फत घोर भ्रत्सना गरेको हो ।

असोज ३० गते बेलुका अछाम सदरमुकाम मंगलसेनमा जिल्ला प्रहरी कार्यालय अछाम अन्र्तगत प्रहरी चौकी मंगलसेनका ईञ्चार्ज सहितको प्रहरी टोलिले बिनाकारण अमानविय ढंगले ढुंगाना माथि गरेको आक्रमण प्रति कडा शब्दमा निन्दा गर्दै जनताको जीउधनको सुरक्षा गर्ने निकायवाटै भएको यस्तो कार्य कुनैपनी हालतमा क्षम्य नहुने बिज्ञप्तिमा भनिएको छ ।

निर्दोष ब्याक्तिलाई अनाहकमा हतकडी लगाएर कुटपिट गरिनु नागरिकमाथिको राज्य आतंक भएको महाँसंघले ठहर गरेको छ । समाजमा हुने हरेक खाले ज्यादती बिरुद्ध आवाज उठाउने ब्याक्तिमाथि भएको यो आक्रमण र कुटपिटको घट्नाले आम नागरिक र समग्र पत्रकारीता क्षेत्रलाई त्रसित पार्ने कार्य महासंघका जिल्ला सचिव होम बहादुर साउद द्धारा हस्ताक्षरीत बिज्ञप्तिमा भनिएको छ ।