☰ open Loading... 20 April 2024|  

पंञ्चायतको नाममा अँझै बली
  | १ कार्तिक २०७४, बुधबार १०:२३

दैलेख । सुन्दा अचम्म लाग्छ । तर, अँझै पनि दैलेखमा पञ्चायतकालको नाममा यहाँ बली दिने चलन छ । दैलेखको चामुण्डाविन्दासैनी नगरपालिकामा यस्तो ठाउँ छ जहाँ पञ्चायतको नामममा प्रत्येक वर्ष दशंै तिहारमा पुँजा गर्ने प्रथा कायम छ ।

यहाँ प्रत्येक वर्ष कालिकाको पुँजा गरिन्छ । सदियौंदेखी यहाँ कालिकाको पुजा गर्दै आएपनि २०१७ सालमा पञ्चायत आएसंगै पञ्चहरुले गाउमा शान्ति समृद्ध बनाउनका लागि रागाँको वलि दिने प्रचलन सुरु गरेको भएपनि अहिलेसम्म पनि बली दिईन्छ । जानकारहरुका लागि त्यो कालिका मन्दिरमा पञ्चायतका नाम प्रत्येक वर्ष विभिन्न जात—जातिहरु पालै पालो वलि दिने गरिएको हो ।  

पंञ्चायत आउनु भन्दा पहिला पाली भन्ने चलन थियो तर पञ्चायत आएसकेपछि पञ्चहरु विशेष अधिकार प्रयोग गरी पालीको रागाँलाई पञ्चायती रागाँ भन्ने चलन बनाईएको जानकारहरु बताउँछन । २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएपनि अँझैपनि पञ्चायतको नाममा राँगा बली दिइन्छ । त्यो कालिका मन्दीरमा पञ्चायतको नाममा शाही, विष्ट, भण्डारी लगायत क्षेत्रीहरुले पालै–पालो पञ्चायति राँगो दिने चलन छ । तर दलित समुदायका लागि त्यहाँ पञ्चायती राँगो बन्देज लगाईएको छ ।

यति मात्र होइन त्यहाँका पुँजारी समेत पञ्चायत कालमा प्रधानमा विजयीका व्यक्ति नै छन् ।  पुजारी बखतबहादुर शाही अँझै पञ्जायत हुन । ‘प्रत्येक वर्ष एउटा बोका र एउटा खसी पालैपालो दिनुपर्ने प्रावधान बनाएका छौँ ।’ पुजारी शाहीले भने, पञ्चायत भनेको त्यति नराम्रो शब्द होइन, त्यो सबै मिलिरे कालिकालाई पुँजा गर्ने प्रचलन हो ।’ पञ्चायतकै नाममा बोका र राँगोको बलि दिनु प्रथा गलत भएको स्थानीयहरुले टिप्पणी गरेका छन् । स्थानीयहरु भन्छन्ः ‘पञ्चायतको नाम परिवर्तन गरी अर्को नाम राख्द उपयुक्त हुन्छ ।’