☰ open Loading... 18 April 2024|  

शाहीको उम्मेदवारीले ६ नम्बर प्रदेश तरंगित
  | ६ कार्तिक २०७४, सोमबार ०९:३८

नेपालगन्ज । मुख्यमन्त्री पदलाई केन्द्रमा राखेर हेर्दा आइतबार मध्याहनसम्म ६ नम्बर प्रदेशको चुनावी राजनीति शान्त थियो । नेपाली कांग्रेसबाट हुम्लाका जिवनबहादुर शाही वा सुर्खेतका तप्तबहादुर विष्ट र वाम गठबन्धनबाट यमलाल कँडेल मध्येबाट प्रदेश ६ मा मुख्यमन्त्री हुने धेरैको आँकलन थियो । आइतबार दिउँसो यो प्रदेशको राजनीति एकाएक तरंगित भयो ।

यसको कारक बने–बिनाबिभागीय मन्त्री महेन्द्रबहादुर शाही,जसले कालिकोटबाट प्रदेशसभामा मनोनयन दर्ता गरे । र, उनले आफ्नो उदेश्य पनि स्पष्ट पारे–पार्टीको तर्फबाट मुख्यमन्त्री बन्ने । आजको नागरिकमा यो खबर छ । शाहीको यो आकांक्षाले बाम गठबन्धनका दुई नेता जुम्लाका भण्डारी र सुर्खेतका कँडेललाई एकैपटक घोचेको छ ।

पहिलो संविधानसभामा निर्वाचित जुम्लाका भण्डारी पार्टी नेतृत्वसँगको ‘सहमति’ पछि जुम्लाबाट प्रदेशसभा चुनाव लड्न तयार भएका हुन । समर्थकले पनि उनलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छन् ।

आफ्नो दाबीलाई बलियो पार्दै भण्डारीले भने,
-पार्टीले मेरो सन्दर्भमा अनौपचारिक डिसिजन गरिसकेको अवस्था हो ।
-त्यसैले म प्रदेशसभामा झरेको हुँ ।
-उहाँ(महेन्द्र)को बारेमा के कुरा भएको छ भन्ने मलाई थाहा छैन ।