Loading... 18 December 2017|   सोमवार, पुस ३, २०७४

सूचनाकाे पहुँच विस्तार गर्न सिम कार्ड वितरण

  |

सुर्खेत (पञ्चपुरी) । पश्चिम सुर्खेतका नागरिकलाई सुचनाकाे पहुँचमा ल्याउन र युवाहरुमा खाेज तथा सुचनाकाे पहुँच बिस्तार गर्न नेपाल टेलिकम काे १४ थान सिमकार्ड बितरण गरिएको छ ।  सुचना केन्द्रले ईमेल तथा ईन्टरनेट माध्यमबाट युवाहरुकाे क्षमता बिकास का लागि कार्ययोजना बनाएर काम गरिरहेको छ । पञ्चपुरी नगरपालिका वार्ड नं. ४ का वडा अध्यक्ष प्रेमबहादुर शाहीले सिमकार्ड नि:शुल्क हस्तान्तरण गरेका छन् ।

देश निर्माणकाे मुख्य जिम्मेवारी युवाहरूको भएकोले युवाहरु सहि बाटाेमा लागेर उदाहरणीय बन्नुपर्ने बताए । उनले सुचना केन्द्रमार्फत ग्रामिण एकता युवा सञ्जाल का सदस्यहरुले समुदायका कुरिती, कुसंस्कार हरुलाई न्युनिकरण गर्दै नमुना युवा बन्न र सत्य तथ्य सुचना ल्याउन निशुल्क सिमकार्ड बितरण गरेको बताए ।

सिमकार्ड लिदै युवा संजाल का अध्यक्ष अमर कार्कीले सामाजिक सञ्जालकाे सदुपयोग गरेर भवन निर्माण गरे जस्तै सिमकार्डकाे सहि सदुपयोग गरि अभियान गर्ने बताएका छन । सिमकार्ड कार्यसमितिका पदाधिकारीहरुलाई बितरण गरिएको छ ।

ग्रामीण एकता युवा संजाल बाबियाचाैरले यस अघि नै फेसबुककाे अभियान मार्फत सहयोग जुटाएर बाबियाचाैरमा भवन निर्माण गरेको थियाे ।

प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४     6:13:50 PM
error: Content is protected !!