☰ open Loading... 19 April 2024|  

खाडल नपुरिदा, विद्यार्थी घाईते
  | १३ कार्तिक २०७४, सोमबार ०९:४०

दैलेख – नारायण नगरपालिका ६ स्थित रामपुर–विजौरा सडक खण्डमा नगरपालिकाले बर्खामा परेको खाडल नपुर्दा सवारी साधनदेखी विद्यार्थी समेत दुर्घटनामा पर्ने गरेका छन् ।

नारायण नगरपालिका –६ विजौरा जाने सडकमा रहेको खाडल

गहिरो खाडलमा आईतवार विद्यालय हिडेका विद्यार्थी खस्दा गम्भिर घाईते भएकी छिन् । गुड सेफर्ड विद्यालयमा नर्सरीमा अध्यानरत सानी श्रेष्ठ साँगुरो र खाडल भएको बाटोको कारण गम्भिर घाईते भईन् ।

उनी हिड्दा झुकिएर ढुंगा भएको करिव ११ फिट तल खसेको हुन् । आईतवार विहानै स्कुल जान हिडेको सानी खाल्डो छिरेकी हुन् । उनीको टाउको, मुख तथा शरिरका विभिन्न भागमा चोट लागेको छ ।

उनको स्थानीय मेडिकल तथा जिल्ला अस्पतालमा उपचार भैरहेको छ । नखालडहरु कहिले पुग्ने ? नारायण नगरपालिका वडा नम्वर ६ का अध्यक्ष प्रकाश न्यौपानेले तत्काल खालड पुग्ने बताए ।
क्याप्सन ः नारायण नगरपालिका –६ विजौरा जाने सडकमा रहेको खाडल । तस्विर ः गोविन्द केसी÷नागरिक