☰ open Loading... 20 April 2024|  

काठमाडौं फर्कनै सकस
  | १३ कार्तिक २०७४, सोमबार १७:१७

सुर्खेत । हुम्लाबाट काठमाडौँ जाने टिकट नपाएपछि विनोद चौलागाइ प्रदेश नम्बर ६ को प्रस्तावित राजधानी वीरेन्द्रनगर झरे । साथीहरुले वीरेन्द्रनगरबाट बसको टिकट सहज रुपमा पाइन्छ भनेपछि उनी सुर्खेत आएका हुन् । ‘म यहाँ ८ गते आइपुगेको हुँ, ४ दिनवित्दा पनि टिकट पाइएन्’ उनले भने,–‘बल्ल आइतबार टिकट त पाए तर सीटको भर पर्दा पर्दै चार दिन वित्यो, परीक्षा घेटाउनकै लागि १ हजार तिरेर मुडामा बसेर काठमाडौँ जाने निधो गर्दैछु ।’

चौलागाई मात्र हैन् दशैँ तिहार र छट र्वि मनाएर काठमाडौं फर्किनेको चाप बढेपछि सुर्खेतमा बसको टिकट नपाउदा यात्रुहरु निकै सकस झेल्नु परेको छ । टिकट नपाएपछि काठमाडौं फर्किने धेरै यात्रु यति बेला समस्यामा छन् । तर कतिपय यात्रुहरु त काठमाडौं जान नेपालगञ्ज र कोहलपुर जानु पर्ने बाध्यता छ ।

प्रदेश नम्बर ६ को प्रस्तावित राजधानी सुर्खेतमा आएर काठमाडौं जाने यात्रुहरुको चाप बढ्दो छ । छिमेकी प्रदेश ७ को अछाम, बाजुरा, प्रदेश ६ कै सुर्खेतसहित दैलेख, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा, रुकुम, सल्यान जिल्लाका यात्रु सुविधा सम्पन्न बस चढेर काठमाडौं जान सुर्खेत सदरमुकाम वीरेन्द्रनगर पुग्ने गर्छन् ।

तर टिकट अभाव भएपछि सुर्खेतमै एक दुई दिन बस्नुपर्ने बाध्यता छ । काठमाडौं चल्ने सबैजसो गाडीमा टिकटको समस्या रहेको काँक्रेबिहार यातायात व्यवसायी संघ सुर्खेतका सचिव रमेश सापकोटा बताउँछन् । काठमाडौं रुटमा चल्ने नर्मल, डिलक्स, एसी, एयर सस्पेन्सन बस सबैको टिकट अग्रिम बुकिङ भएकाले फर्किनेलाई सास्ती भएको बताए ।

‘काठमाडौं जाने सबै जसो गाडी प्याक छ’ उनले भने, ‘तीन ठुला पर्व मनाएर धेरै जसो यात्रु काठमाडौं फर्किन लागेकाले समस्या भएको हो ।
कांक्रेविहार यातायात व्यवसायी संघबाट काठमाडौँका लागि दैनिक ५ बस छुट्ने गरेको सचिव सापकोटाले जानकारी दिए ।

उनले विगतका वर्षको तुलनामा यसवर्ष यात्रुहरुको चाप बढको बताउँदै, यात्रुहरुको यात्रा सहज बनाउन क्युभन्दा बढी गाडीहरु पठाउने गरेको उल्लेख गरे । ‘तिहारको भोली पल्ट १० ओटा गाडीहरु पठाएका हौँ । यात्रुहरुको मागलाई मध्यनजर गरी दैनिक ६÷७ ओटा गाडीहरु पठाउने गरेको छौँ, तरपनि गाडी पुग्ने गरेका छैन’ उनले भने ।

एकदुई दिनसम्म यस्तो समस्या रहेपनि विस्तारै यात्रुहरुलाई सहजता काठमाडौं जान काँक्रेविहार र मध्यपश्चिम यातायात व्यवसायी समितिले दैनिक १० बढी बसहरु छुटाउँदै आएका छन् ।

मध्यपश्चिम यातायाता व्यवसायी संघ सुर्खेतका इन्चार्ज कृष्ण श्रेष्ठले मंगलबारदेखी टिकटको सहज हुने बताउँछन् । चाड पर्वभन्दा अघि संघले काठमाडौका लागि दैनिक ४ बस छुटाउने गरेको थियो । ‘चाड पुर्व र यात्रुहरुको मागलाई मध्यनजर गरी गाडीहरु थप गरेर यात्रुहरुलाई काठमाडौं पठाउने गरेको छौं’ इन्चार्ज श्रेष्ठले भने ।