☰ open Loading... 25 April 2024|  

बेवारिसे बालिकालाई परिवारको जिम्मा
  | १४ कार्तिक २०७४, मंगलवार १२:३६

दाङ । असहाय बाल विकास नेपाल, दाङमा राखिएकी एक बेवारिसे बालिका परिवारलाई जिम्मा लगाइएको छ । बालिकाका परिवारलाई सोमबार जिम्मा लगाइएको हो । इलाका प्रहरी कार्यालय खिलतपुरले बेवारिसे अवस्थामा भेटृाएपछि ती बालिकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको जिम्मा लगाएको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय, तुलसीपुरले ती बालिकाको पालन पोषण तथा शिक्षादीक्षाका लागि यही कात्तिक ६ गते दाङको बिजौरीमा रहेको असहाय बाल विकास नेपालमा जिम्मा लगाएको थियो ।

बबई गाउँपालिका–६ बगाले घर भएकी बालिका लीलावती राणालाई इलाका प्रहरी कार्यालय तुलसीपुर, असहाय बाल विकास नेपाल र न्यू सिपिसीको रोहबरमा परिवारलाई जिम्मा लगाइएको हो ।

इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्ट, असहाय बाल विकास नेपाल, बिजौरीका अध्यक्ष विष्णु चौधरी, न्यू सिपिसीका अध्यक्ष नवराज लामिछाने, तुलसीपुर उपमहानगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीलगायतको रोहबरमा उनका बुबा पले रानालाई जिम्मा लगाइएको असहाय बाल विकास नेपालले जनाएको छ ।