☰ open Loading... 20 April 2024|  

दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण बनाउने सुर्खेतका राजनीतिक दलको प्रतिवद्धता
  | १४ कार्तिक २०७४, मंगलवार १९:४९

सुर्खेत । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनीधि र प्रदेशसभा चुनावमा निर्वाचन आचारंहिता पूर्ण रुपमा पालना गर्न सुर्खेतका राजनीतिक दल र कर्मचारीहरुले प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

अन्तरक्रियामा सहभागी सुर्खेतस्थित राजनीतिक दलहरुले आसन्न मंसिर २१ गते चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाए । क्षेत्रीय प्रशासक महेन्द्र गुरागाँईले निर्वाचनको बेला दलको मनोनयन दर्ता, प्रचारप्रसार र कार्यकर्ता खटाउने सन्दर्भमा दलहरुले आचारसंहिताको पूर्ण रुपमा पालना गर्न र सुरक्षाको आवश्यक्ता भए प्रशासनमा समयमै जानकारी गराउन अपिल गरेका थिए ।

‘कम्तीमा ४ बजेसम्म दलदर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा आउना आग्रह गरेका उनले प्रचार–प्रसारमा जाँदा पनि सुरक्षाका बारेमा प्रशासनमा खवर गर्न सुझाव दिए ।

मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले राजनीतिक दलहरुलाई १६ गते तोकिएकै समय भित्र मनोनयन दिन आग्रह गरे । निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन सम्पन्न गर्न राजनीतिक दललाई समन्वय गर्न अपिल गरेका थिए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले सुरक्षाका हिसावले जिल्लामा सवै तयारी पुरा भएको जानकारी दिएक थिए । केन्द्रमा पठाएको सुरक्षा योजना पास भएको उल्लेख गरेका उनले सुरक्षाका हिसावले प्रशासनले गस्ती, मोवाइल, रिजर्व लगायतका सुरक्षाकर्मीहरु परिचालन गरिने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कार्कीले सवैपक्षलाई चुनाव सफल पार्न निर्वाचन आचारसंहिता पालना गरिदिन आग्रह पनि गरे । सुर्खेत प्रदेशको केन्द्र भएकाले चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा प्रवन्ध कडा पारिएको पारिएको उनले उल्लेख गरे । सवैले आ–आफ्नाे ठाँउवाट आचारसंहिता पालना गरेर चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्नमा सहयोग पु¥याउन आग्रह गरे ।

अन्तरक्रियामा क्षेत्र नम्बर एकका मुख्य निर्वाचन अधिकृत मोहन सागर बस्यालले मनोनय दर्ता र आचारसंहिता बारे जानकारी गराएका थिए । दलको मनोनयन दर्ता कात्तिक १६ गते विहान १० बजेदेखि साँझ ५ बजे सम्म तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमाप्रदेश र प्रतिनीधिसभा चुनावका लागि सुर्खेतमा १ सय ३८ स्थानमा २ सय ६३ मतदान केन्द्र तोकिएको छ ।