☰ open Loading... 19 April 2024|  

सुर्खेतमा २ सय नयाँ उद्यमी सृजना गरिने
  | १६ कार्तिक २०७४, बिहीबार १०:०८

वीरेन्द्रनगर । सुर्खेतमा २सय जना नयाँ  लघु उद्यमी सिर्जना गरिने भएको छ । उद्योग मन्त्रालयद्धारा सञ्चालित लघु उद्यम विकास कार्यक्रम (मेडेप) र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ‘मेड्पा’ मार्फत जिल्लामा सो संख्यामा उद्यमी सिर्जना गरिने भएको हो ।  जिल्लामा चालू आर्थिक २०७४÷७५ मा २ सय  नयाँ उद्यमी  सिर्जना गरिने  वीरेन्द्रनगर नगरकार्यपालिका उद्योग विकास शाखा  सुर्खेतका कामु निर्देशक शम्भु प्रसाद पौडेलले  जाकारी दिए ।

  पौडेलका अनुसार यो वर्ष २ सय जना युवालाई  व्यवसायिक  सिप मुलक तालिम प्रदान गरि नयाँ उद्यमी बनाउने योजना छ ।’ जिल्लाका बेरोजगार युवालाई  उनीहरुको युवाको माग र चाहनाको आधारमा शीप विकास तालीम प्रदान गरिने उनको भनाइ छ । जिल्लाका सवै स्थानीय तहका युवा युवतीलाई लाई उद्यमशिलता विकास तालिम सञ्चालन पश्चात उनीहरुले व्यवसाय गर्न इच्छा तथा वजार भएको विषयमा प्राविधिक सिप विकास तालिम  प्रदान गरी  उनीहरुलाई उद्यमी सिर्जना गरिने  पौडेलले वताए ।

  नयाँ उद्यमी सिर्जनाका लागि  स्थानीय समुदायमा सहभागितात्मक ग्रामिण लेखाजोखा तथा स्रोत सर्वेक्षणबाट पहिचान भएका स्थानीय स्रोतसाधन,  बजार माग, समुदायको चाहना तथा आकर्षणका आधारमा समुदायले बनाएको योजना अनुसार लक्षित वर्गलाई उद्यमशिलता  विकास तालिम प्रदान गरी उद्यमी सिर्जना गरिने  निर्देशक पौडेलको भनाई छ  ।व्यवसाय सेवा प्रदायक संस्था छनोटको चरण्मा रहेकाले  अवको केही दीमा छनोट भएपछि कार्यक्रम सुरु हुने उनको  भनाई छ ।

सस्थाले  व्यवसाय सञ्चालनका लागि  व्यवसाय शुरु तथा सुधार गरौं तालिम सञ्चालन गर्ने , उनीहरुलाई  सिपविकास तालिम दिने, उद्यमीको आवश्यकता अनुसारको  उपयुक्त सामान  सहयोग गर्ने, उद्यम संचालनको लागि आवश्यक पर्ने आर्थिक रकमको लागि वित्तिय संघसस्थाहरुसँग समन्वय पनि गरिने जानकारी पनि उनले दिए  ।

 त्यस्तै चालू आर्थिक वर्षमा  ३०० जना  उद्यमीको स्तरोन्नति गरिने कार्यक्रम समेत रहेको छ । उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रमसमेत छ । कार्यक्रम मार्फत विभिन्न   रोजगार तथा स्वरोजगारमुलक तालिम समेत सञ्चालन गर्दे आएको छ ।