☰ open Loading... 25 April 2024|  

सुर्खेतमा ६ सिटका लागि ५९ जनाको उम्मेदवारी दर्ता
  | १६ कार्तिक २०७४, बिहीबार १८:३७

सुर्खेत । आसन्न मंसिर २१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनको लागि सुर्खेतमा ५९ जना चुनावी मैदानमा उत्रीएका छन् । प्रतिनीधि सभाका लागि २ र प्रदेश सभाका लागि ४ सिट रहेको सुर्खेतमा बिहिबार भएको मनोनयन दर्तामा विभिन्न दलबाट ५९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

याे पनि पढ्नुहाेस् । सुर्खेतमा मनोनय दर्ताका २२ तस्वीर र भिडियो

सुर्खेत क्षेत्र नम्बर १ को प्रतिनीधि सभाका लागि ९ दलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन क्षेत्र नम्बर एकका अधिकृत मोहन सागर बस्यालले जानकारी दिए ।

उनका अनुसार प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर १ (क) बाट ९ दल र १ (ख) बाट १० दलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर २ प्रतिनीधि सभाका लागि १० दलले उम्मेवारी दर्ता गराएको बस्यालले बताए । उनले निर्वाचन क्षेत्र नम्बर २ (क) बाट ११ र २ (ख) बाट १० दलले उम्मेदवारी दर्ता गराएको उल्लेख गरे ।

शान्तिपूर्ण रुपमा सम्पन्न भएको मनोनय दर्तामा कसैले पनि स्वतन्त्र उम्मेदवारी दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।