☰ open Loading... 20 April 2024|  

बेरोजगारीे अन्त्य लोकतान्त्रिक गठबन्धको मुख्य एजेण्डा
  | २३ कार्तिक २०७४, बिहीबार १९:३०

सागर परियार
जुम्ला । देशमा मौलाउदो बेरोजगारीलाई अन्त्य गर्ने मुख्य एजेण्डा सहित चुनावी नतिजा आफ्नो पक्षमा पार्न लोकतान्त्रिक गठबन्धन जुम्लाका उम्मेदवारहरु चुनावी प्रशारका लागि गाउँ गाउँ पसेका छन् । एक घर एक रोजगार दिने भन्दै एक महिनामा झण्डै ५ सय बढि युवायुवती बैदेशिक रोजगारीस्का लागि बाहिरीने दरलाई शन्यमा झार्ने योजना सहित प्रतिनिधि सभा निर्वाचनमा आफmनै जीत सुनिश्चित रहेको लोकतान्त्रिक गठन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार राजुसिंह कठायतले दाबी गरे ।
कारोबार संग कुराकानी गर्दै, उनले कर्णालीको विद्यमान समस्या बेरोजगारी हो । त्यसलाई सुल्झाउने मेरो पहिलो प्रथामिकता छ । जसले कर्णालीका हजारौ युवायुवतीहरुले आफ्नो क्षामता र योगयता अनुसार श्रम गरेर जिविका चलाउने वाताबरण सृजना गर्ने उनको प्रतिबद्धता छ ।

विशेष गरी कर्णालीमा रहेको प्राकृतिक स्रोत साधनको सदुपयोग गरी समृुद्ध कर्णाली बनाई आत्मनिर्भर समाज निमार्ण गर्ने लोकतान्त्रिक गठबन्धनको साझा मुद्धा रहेको लोकतान्त्रि चुनाव प्रचार प्रचार समितिका संयोजक पदम बहादुर बाहिले बताए ।

उनका अनुसार बेरोजगारी अन्त्यको मुला नारा सहित जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकामा चुनाव प्रचार प्रशारलाई निकै तिब्रता दिइएको छ । लोकतानित्रक गठबन्धन जुम्ला बाट प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारी हरु युवा जनशक्ति चित्त बुझ्दो स्पष्ट निति आफुहरु संग मात्रै भएको भन्दै सबै युवायुवतीहरु लोकतान्त्रिक गठबन्धनको पक्षमा हुने एकतर्फी दाबी गरिरहेका छन् ।

बढ्दो बेरोजगार र गरिबिका कारण विभिन्न घटना तथा विकृति फैलिएका छन् । त्यसको अन्त्यका लागि चुनाब जितेर सोहि अनुसार निति तथा कार्यक्रम ल्याउने पनि बताएका छन् । जुम्लामा बाम गठबन्धनदेखि लोकतान्त्रिक गठबन्धन डराएको भन्ने हल्लालाई मिथ्या भन्दै जीत र हार अब दलहरुका स्पष्ट निति कार्यक्रम, भावी एजेण्डाका आधारमा जनताले विश्वास गर्ने लोकतान्त्रिक गठबन्धनको निष्कर्ष छ ।

समग्र जुल्लाको विकास निर्माणमा पहिलेदेखि लागि परेको दावि गर्दै आगामी निर्वाचनमा जिते अझै जुम्लाको विकासमा नयाँ आयाम थपिने उनिहरुका दाबी छन् । प्रदेश सभा सदस्य उहाँको तर्क छ । नेपाली कांग्रेस विभिन्न कालखण्डमा राणाहरु हुदै कम्युनिष्टसँग लड्दै आएकाले अब बाम गठबन्धनसँगको बैचारिक लडाँई जित्ने अड्कल गरिरहेका छन् ।

नयाँ आर्थिक अवसरको पहिचान गरी व्यापक उत्पादन वृद्धि, रोजगारी सिर्जना र समावेशी समृद्धिलाई अभियानका रूपमा अगाडि बढाउने र युवा, महिला उद्यमीको परिचालन, कृषिको आधुनिकीकरण, पर्यटनको विकास, उद्योगको द्रुत विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक लगानी परिचालन गर्ने योजना लोकतान्त्रिक गठबन्धनका छन् ।

भने लोकतान्त्रि गठबनधन जुम्ला बाट आसन्न मंसिर १० र २१ मा हुने संघ र प्रदेशको चुनावका लागि राजुसिंह कठायत क्षेत्र नं. १ बाट प्रदेश सभा उम्मेदवार, देबेन्द्र बहादुर शाहि प्रतिनिधि सभा उम्मेदवार, भिमनिधी हमाल क्षेत्र २ प्रदेशसभा उम्मेदवार रहेका छन् । दिलबन्दु श्रेष्ठ र रामदेवी खड्का समानुपातिक गरी ५ जना जुम्लाबाट लोकतान्त्रि गठबन्नका प्रभावशाली उम्मेदवारहरु रहेका छन् ।