Loading... 18 December 2017|   सोमवार, पुस ३, २०७४

राजनीतिक स्थायीत्वको लागि वाम गठबन्धन

  |

दैलेख । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले विकास र समृद्विका लागि वाम गठबन्धनले जित्नुपर्ने दाबी गरेका छन् । शुक्रबार दैलेखको पश्चिम सिहाँसैन सम्पन्न संयुक्त गठबन्धनले आयोजना गरेको भेलालाई सम्वोधन गर्दै नेकपा एमालेका नेता सुर्यबहादुर शाहीले वाम गठबन्धनले जितेको खण्डमा देशले राजनीतिक स्थायीत्व पाउने र मुलुक आर्थिक सम्वृद्वि तर्फ अघि बढ्ने दाबी गरे ।

एमाले सरकारमा हुँदा विभिन्न कार्यहरु गरेको बताउँदै कार्यकर्ताहरुलाई वाम सरकारले गरेका हरेक कार्यलाई जनतासमक्ष लैजान निर्देशन दिए ।
प्रदेश सभाका उम्मेदवार राजबहादुर शाहीले वाम गठबन्धनले विकासको गति ल्याउने बताए । उनले चुनाव जिताउन सबै कार्यकर्ताहरु लाग्नु पनेृमा जोड दिए । प्रदेशको विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै कुनैपनि कार्यकर्तालाइृ आफूले तलमाथि व्यवहार नगर्ने बताए ।

नेकपा माओवादी केन्द्रका आयोजक समिति सदस्य दयाराम विकले वाम गठबन्धनले सहजै जित निकाल्ने दाबी गरे । उनले विगतका तिता मिठा अनुभवबाट पाठ सिक्दै एकताबद्व भएर लाग्नुपर्नेमा उनले जोड दिए । संयुक्त भेलामा माओवादी केन्द्रका आयोजक समिति सदस्य लक्ष्मी कमल न्यौपाने, प्रदेश संयोजक हर्क बहादुर शाही, एमाले युवा नेता योगेन्द्र शाही, एमालेका प्रदेश सभा समानुपातिक उम्मेदवार तर्कबहादुर बडुवाल, आमेजंग शाही, सिंहराज शाहीलगायतले सम्वोधन गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०७४     11:55:35 PM
error: Content is protected !!