☰ open Loading... 20 April 2024|  

ट्याक्टर दुर्घटनामा एकको मत्यु
  | २५ कार्तिक २०७४, शनिबार १७:४९

सागर परियार
जुम्ला । जुम्लाबाट डोल्पाका लागि खाद्यन्न बोकेर गएको ट्याक्ट्र शुक्रबार गोठीचौर गाउँपालिका ३ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डोल्पाका लागि खाद्यन्न तथा खुद्रा सामाग्री बोकेको ना ५ त ६०९१ नम्बरको बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको प्रहरीले जनाउको छ । डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका ८ निवासी वर्ष ३० का लकु रोकायाको मृत्यु भएको हो ।

दुर्घटनामा परि घाईते भएका रोकायालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक तारा बहादुर रेउलले बताए ।

ट्याक्टर चालक तिला गाउँपालिका ३ निवासी अन्दाजी २५ वर्षका धनसिंह सार्की भने प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । एकतर्फी सडकको अबस्था नाजुक र चालकको लापरवाहीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।