☰ open Loading... 20 April 2024|  

७५ जनाले मधुमेहको रगत जाँच गराए
  | २८ कार्तिक २०७४, मंगलवार १९:१५

बुद्धिमान पुन
सल्यान । सल्यानमा ७५ जनाले मधुमेहको रगत जाँच गराएका छन् । बिश्व मधुमेह दिवशको अबशरमा जिल्लाको सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा ७५ जनाले मधुमेहको रगत जाँच गराएका हुन् । रगत जाँच गरेका ती सबैमा मधुमेह देखिएको छ ।

यस्तै १ सय २५ जनाको आँखा जाँच गरिएको छ । आँखा जाँच गरिएका उनीहरुमा त्यस्तो कुनै समस्या नभएर सामान्य रहेको छ ।

शारदा नगरपालिका २ नम्बर वडा कार्यालयको आयोजनामा मंगलबार भएको मधुमेहका बिरामीहरुको आँखा तथा रगत जाँच कार्यक्रममा उनीहरुले यस्तो सेवा लिएका हुन् ।

बिश्व मधुमेह दिवशका अबशरमा आयोजित मधुमेहका बिरामीहरुको आँखा तथा रगत जाँच कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले आफ्नो आनीबानी र खानपिनमा बिशेष ध्यान दिन सबैलाई आग्रह गर्नु गरे ।

‘अहिले मानिसहरुलाई सर्ने भन्दा नसर्ने रोगहरु भढी लाग्ने गरेका छन्, यसको मूख्य कारण मान्छेको खानपिन, आनीबानी तथा ब्यबहारमा परिबर्तन नआएर हो’– उनले भने ।

उनले नगरबासीलाई हरेक समयमा स्वास्थ्यको पुहँचमा पु¥याउनको लागी नगरका चार स्थानमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरेको बताए । मानिस रोगी भएमा ब्यक्ति, परिवार तथा समाजको नै बिकासको गति सुस्त हुने बताउदै प्रमुख अधिकारीले सामाजिक, आर्थिक, साँस्कृतिक लगाएतका बिषयमा मजुबुद हुन स्वस्थ हुनु पर्ने बताए ।

यस्तै शारदा नगरपालिका २ नम्बर वडाका वडा अध्यक्ष केशबसिङ श्रेष्ठले वडा भित्रमा रहेका हरेक नागरिकलाई स्वस्थ बनाउनु आफ्नो दायित्व भएको बताए । उनले आमागी दिनहरुमा पनि नागरिुकहरुको स्वास्थ्यलाई पहिलो प्राथामिकतामा राखेर वडा कार्यालयले आफ्ना गतिबिधि सञ्चालन गर्ने बताए ।

स्थानिय स्तरमा नै नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको पनि उनले बताए । जिल्ला अस्पताल सल्यान र आँखा उपचार केन्द्र सितलपाटीको प्राबिधिक सहयोगमा आँखा तथा रगत जाँच कार्यक्रम सम्पन्न भएको हो ।