☰ open Loading... 19 April 2024|  

योजना सम्पनपछि दिगोपनबारे तालिम
  | २९ कार्तिक २०७४, बुधबार १३:४६

नेपाल सरकार र स्वीस सरकारको साँझेदारीमा सञ्चालित साना सिचाई कार्यक्रमले हालसम्म निर्माण सम्पन्न भईसकेको सिचाई आयोजनाका अध्यक्ष लगायत पदाधिकारीहरु, लाभावित अगुवा किसान, मर्मत सम्भार कार्यकर्ताहरुलाई दिगो मर्मत सम्भार तथा आधुनिक कृषि प्रणाली सम्वन्धी दुई दिने तालिम दिईएको छ । तालिममा योजनाको दिगोपन तथा मर्मत सम्भार र आधुनिक कृषि प्रविधि तथा ज्ञानबारे प्रशिक्षण दिईएको हो ।

योजना दिगोपनबारे जानकारी दिदैं साना सिचाई कार्यक्रम दैलेखका संयोजक ईन्जिनियर महेश ढुंगाना । तस्विर ः पश्चिमनेपाल डटकम

आयोजना मध्ये ६ वटाबाट १८ जना सहभागी सहित थिए । कार्यक्रममा साना सिचाई कार्यक्रमका जिल्ला संयोजक ईन्जिनियर महेश ढुंगानाले कार्यक्रमको बारेमा विस्तृत जानकारी गराएका थिए ।

उनले योजना सम्पन्न गर्नुमात्र उपभोक्ता समितिको जिम्मेवारी नरही सम्पन्नपछि आयोजनको दिगोपन र किसानहरुमा वृद्धि भई आर्थिक उन्नतीका लागि तालिमको आयोजना गरिएको बताए ।

हालसम्म यस जिल्लामा आयोजना सम्पन्न गर्नमात्रलाई नै प्राथमिकता दिईन्छ । łनिर्माण पश्यात मर्मत सम्भारको त्यती साचो समुदायिमा दिईन्न तर, हाम्रो कार्यक्रमले आगामी वर्षहरुमा योजना दिगो राख्नलाई उपभोक्ताहरुको संस्थागत विकास तथा दिगोपना सम्वन्धी नजिक भई उत्साहित तथा अपनत्व महशुस गर्न जागरुप समेत कार्यक्रमले गर्नेछ । ईन्जिनियर ढुंगानाले भने, तालिममा योजना मर्मतसंम्भाव निति पानी बाँडाफाँड निति, मर्मतसम्भार कोषको सञ्चालन तथा ब्यवस्थापन तथा परिचालन, सम्वन्धीत निकायमा समन्वय, अगुवा किसानलाई तालिम बाली पात्रो (कुन महिना के लगाउने) बारे लगायतका विषयमा तालिम दिईयो ।

तालिममा परियोजनाबाट कृषि विज्ञ शुसिल श्रेष्ठ र भुगर्भ विज्ञ विनोद ढकाल सहभागी थिए । किसान लक्ष्मी रिमालले आफुले पहिलो पटक योजनाको दिगोपनका लागि तालिम र किसानहरुलाई आयआर्जनका लागि शिप मुलक तालिम पाएको बताए । उनले धेरै योजनाहरु निर्माणपछि अलपत्र हुने गरेको देखेको तर, सानाले सिचाई कुलो बनाएर पछि दिगोपनका लागि पनि निरन्तरताका लागि उपभोक्ताहरुविच गरिएको कार्यक्रम एकदमै राम्रो र प्रभावकारी भएको बताए ।