☰ open Loading... 18 April 2024|  

कांग्रेसका अन्तिम प्रधानमन्त्री देउवा हुन्ः केपी ओली
  | २९ कार्तिक २०७४, बुधबार १७:१०

गोरखा । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भएको बताएका छन् । निर्वाचनपछि बाम गठबन्धनको सरकार बन्ने भन्दै गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा ओलीले भने, ‘मंसिर १० र २१ गते बुढो रुख ढल्छ । बामपन्थीको आँधी तुफानले रुख भित्रभित्रै खोक्रो भइसकेको छ ।’

 गोरखा क्षेत्र नं। २ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति लक्षित गर्दै ओलीले बुढा रुखको आडमा सीसा र प्लाष्टिकको आँखा लिएर काम नभएको टिप्पणी गरे ।

कांग्रेसले बबुरा अध्यक्ष लिएर कुदेको भन्दै ओलीले भने, ‘कांग्रेसप्रति समवेदना व्यक्त गर्न चाहन्छु ।’ ‘पहिले रुखको हाँगा भाँचेर हिँड्थे’, ओलीले थपे, ‘अहिले आँखा लिएर हिँड्न मिलेन १ एउटा अध्यक्ष र केही कलाकार भएको पार्टीलाई बोकेर काम छैन ।’ अर्को प्रसंगमा ओलीले कर्कलोलाई बञ्चरो चलाउनु आवश्यक नरहेको भन्दै बाम गठबन्धनबाट कांग्रेस अत्तालिएको बताए । एमाले अध्यक्ष ओली गोरखामा नारायणकाजी श्रेष्ठको चुनावी अभियानलाई सहयोग गर्न पुगेका हुन् ।