☰ open Loading... 19 April 2024|  

लगानी योजना बनाउँदै नगरपालिका
  | १ मंसिर २०७४, शुक्रबार १७:०१

दैलेखको आठबीस नगरपालिकाले बालबालिकाको लागि लगानी योजना बनाएको छ । बालबालिकाका हक अधिकार र आवश्यकताहरुको सुनिश्चितताका लागि लगानी योजना बनाइएको हो ।

स्थानीय तहको नयाँ पुनरसंरचना सँगै बजेट बाडफाँड र योजना तर्जुमाको स्पष्ट खाका नआइसके पनि बालबालिकाका आवश्यकताहरुको पहिचान गरी विकासमा उनीहरुको पहुँच पु¥याउने उद्धेश्यले लगानी योजना बनाइएको नगर प्रमुख खड्कराज उपाध्यायले बताए ।

łबालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यविधि २०६८ का सूचकहरुलाई परिपूर्ण गर्नका लागि बालमैत्री लगानी योजना बनाएका छौं । प्रमुख उपाध्यायले भने, प्रारम्भिक बाल विकास भवन, बालमैत्री शैक्षिक सामाग्री, खेलकुद मैदान, खेलकुद सामाग्री, विद्यालय मर्मत सुधार, फर्निचर, पुस्तकालय निर्माण तथा मर्मत सुधार, शौचालय निर्माण तथा मर्मत सुधार, खानेपानी तथा सरसफाई आदि कार्यक्रममा बजेट विनियोजन तथा कार्यान्वयन गरिएको छ ।

स्थानीय तहको योजना तर्जुमा कार्यक्रमहरुमा बालबालिकाहरुको सहभागिता बृद्धि र बालबालिकाहरुको विकासका लागि लगानी योजनामा जोड दिइएको प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले बताए ।

łबालबालिकाको अवस्थामा सुधार ल्याउन लगानी योजनाले सहयोग गर्ने छ । भट्टराईले भने, बालबालिका लक्षित कार्यक्रमको लागि केही बजेट नगरपालिकाले विनियोजन गरेको छ भने केही बजेट स्थानीय तहमा कार्यरत संघसंस्थाले सहयोग गर्ने छन् ।

नगरपालिकाको कुल पूजीगत अनुदान १३ करोड ८१ लाख ५० हजार मध्ये बालबालिकाको लागि २ करोड ६० लाख ७० हजार बजेट विनियोजन गरिएको भट्टराईले जानकारी दिए ।

यो कुल पूजीगत बजेटको १८ प्रतिशत भन्दा बढी हुन आउछ । बजेटले मुख्य गरी बालविवाह, छाउपडी प्रथाको न्यूनिकरण, बाल अधिकार सम्बन्धि सडक नाटक, बालमैत्री स्थानीय शासन वडा घोषणा र बाल कोषलाई प्राथमिकता दिएको छ ।

जोखिममा रहेका बालबालिकाहरुको पहिचान गर्नुका साथै उनीहरुको जीवनयापनमा सहजता ल्याउन बालकोषको स्थापना गरिएको भट्टराईले बताए ।

लगानी योजना बनाउदा बालमैत्री योजनाहरुमा ध्यान दिनुपर्ने बाल सञ्जाल राकमकर्णालीका अध्यक्ष तपेन्द्र कुमार माझीले बताए । łहाम्रा योजना आफै बनाउछौं । हाम्रा समस्याको बारेमा हामीलाई जानकारी छ । माझीले भने, बाल कोषको स्थापना गरी जोखिममा रहेका बालबालिकाको समस्याको सुनुवाई गनुपर्छ ।