☰ open Loading... 25 April 2024|  

वाम एकता अगावै सुर्खेतका व्यवसायी संगठन विच एकता हुँदै
  | १ मंसिर २०७४, शुक्रबार १९:२५

सुर्खेत । नेकपा एमाले र माओवादी केन्द्रविच पार्टी एकता हुनु अगावै सुर्खेतमा रहेका दुई पार्टी निकट व्यापारीहरुविच निर्वाचन अगावै एकता हुन लागेको छ । एमाले निकट व्यापार विशेष ईलाका कमिटी र केन्द्र निकट राष्ट्रिय उद्योग व्यापार संगठन, सुर्खेतविच शनिवार वीरेन्द्रनगरको घण्टाघरमा व्यापारी संगठनहरुविच एकता हुन लागेको हो ।

व्यवसायीहरुका हक हितका बारेमा आवाज उठाउँदै आएका दुई संगठनको एकताले नयाँ सन्देश प्रवाह गर्न पार्टी एकता हुनु अगावै आफूहरु एक हुन लागेको राष्ट्रिय उद्योग व्यापार संगठन प्रदेश ६ का अध्यक्ष मदन खड्काले जानकारी दिए ।

उनले केन्द्रमा दुई पार्टीको एकता हुने भएकाले जिल्लामा पहिलो पटक आफूहरुले एकताको सन्देश दिन एक हुन लागेको स्पष्ट पारे । दुई व्यापार संगठन एक भएपछि छरिएर रहेका व्यापारीहरुको हक हितका बारेमा आवाज उठान गर्नमा सहयोग पुग्ने उनको भनाई छ ।

केन्द्र निकट राष्ट्रिय उद्योग व्यापार संगठन सुर्खेतको अध्यक्षमा सूर्य थापा ‘विक्रम’, एमाले निकट व्यापार विशेष ईलाका कमिटीको सुर्खेत अध्यक्ष विष्णुबहादुर शाही र राष्ट्रिय वाणिज्य संघ सुर्खेतको अध्यक्षमा खेमराज रावल छन् । एकता भेलाले शनिवार नै नयाँ कार्यसमिति चयन गरेर जिम्मेवारी तोक्ने कार्यक्रम तय भएको छ ।