☰ open Loading... 19 April 2024|  

दैलेखमा स्वतन्त्र उम्मेदवारले, लोकतान्त्रिक गठबन्धनलाई सघाउने
  | ३ मंसिर २०७४, आईतवार १५:३०

स्वतन्त्र उम्मेदवार तथा पूर्व स्थानीय विकास राज्य मन्त्री गणेशबहादुर खड्काले एक विज्ञप्ती निकाल्दै आफुले लोकतान्त्रिक गठबन्धनलाई सघाउने जनाएका छन् ।

उनी स्वतन्त्र रुपमा निर्वाचन क्षेत्र नम्वर १ को संघ तर्फ उम्मेदवारी दिई गुलाफको चुनाव चिन्ह लिएर लड्दै थिए ।

पार्टीभित्रको समस्याबाट आफुले स्वतन्त्र चुनाव लड्न पुगेपनि देशको वतमान स्थिती लोकतन्त्रबादीहरुलाई बलियो बनाउनका लागि आफुले सहयोगी बनेर चुनावमा हिड्ने भन्दै विज्ञप्ती निकालेर सार्वजनिक गरेका हुन् ।

उनले सवै पार्टी नेता तथा कार्यकर्ता र मतदातालाई लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन समेत विज्ञप्तीमा अपिल गरेका छन् । लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका दिपककुमार शाही उम्मेदवारी छन् ।

४ प्रदेश र १ संघमा काँग्रेसबाट उम्मेदवारी रहेको छ । खड्काको स्वतन्त्र उम्मेदवारीले कार्यकर्तामा निराश देखीएपछि विज्ञप्ती मार्फत सघाउने उद्घोष गरेपछि काँग्रेस र राप्रपाका कार्यकर्तामा उत्साह थपिएको छ ।

उम्मेदवार दिपककुमार शाहीले खड्काले सघाउने उद्घोष र विज्ञप्तीले लोकतान्त्रिक गठबन्धनलाई उत्साहि मात्रै होईन झन बलियो समेत बनाएको प्रतिक्रिया दिए ।

अव, बाम र लोकतान्त्रिक गठबन्धनविच रोचक प्रतिष्पर्धा हुने आकलन समेत गरिएको छ । शाहीसंग बाम गठबन्धनका रविन्द्रराज शर्मा भिडेका छन् । रविन्द्र एमाले पार्टी अध्यक्ष र पूर्व नारायण नगर मेयर हुन् भने दिपककुमार शाही, एमालेमै लामो समय राजनिति गरेका र सामाजिक कार्यमा अग्रणी भुमीका खेलेका चर्चित सामाजिक अगूवा हुन् ।