☰ open Loading... 19 April 2024|  

निर्वाचित भए विगतकाभन्दा अझै धेरै खट्छु : थानी
  | ४ मंसिर २०७४, सोमबार १७:१६

सुर्खेत । वीरेन्द्रनगर ३ यरिचोकमा सोमवार नेपाली कांग्रेसले चुनावीसभा गरेको छ । सभामा सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार एवं पूर्वमन्त्री हृदयराम थानीले बोल्दै जिल्लाको विकासका लागि विगतमा आफू सक्रीय भएर लागेको र यसपटकको निर्वाचनमा पनि जनताले निर्वाचित गराएमा विगतका अपूरा कामहरु समेत पूरा गर्ने बताए ।

उनले सदरमुकाम वीरेन्द्रनगरमा ९ किलोमीटर फोरलेन सडक निर्माण भइरहेको, चक्रपथ, खानेपानीको समस्या समाधान गर्न भेरीको पानी लिफ्ट गरेर ल्याउने तयारी भइरहेको जानकारी दिए । विकास निर्माणको काम कांग्रेसको पालामा धेरै भएकोले यसपटकको निर्वाचनमा कांग्रेसलाई नै जिताउन मतदातासंग अपिल गरे । मुलुकको निकास र विकासको लागि कांग्रेस नै समाधानकर्ता भएको दावी उनको थियो ।

सुर्खेत क्षेत्र नं. २ को प्रदेश क का उम्मेदवार एवं कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले आफू निर्वाचित भए वीरेन्द्रनगरको समृद्धि र नागरिकको सेवामा अहोरात्र खटिने प्रतिवद्धता जनाए । उनले जनतालाई विकास चाहिएको र त्यो विकास कांग्रेसले मात्रै गर्ने उल्लेख गरे ।

पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालले विगतमा झैं यसपटकको प्रतिनिधि र प्रदेशसभामा पनि कांग्रेसलाई जिताउन आव्हान गरेका थिए । यस्तै, काँग्रेस जिल्ला कार्य समिति सुर्खेतका सचिव भूपेन्द्र खत्री तथा प्रदेश सभाका लागि समानुपातिक उम्मेदवार काँग्रेसका तर्फबाट उम्मेदवार बनेका सबैलाइ जिताउन आग्रह गरेका थिए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरापालिकाका प्रमुख देवकुमार सुवेदीले प्रदेश नं. ६ को राजधानीको केन्द्र वीरेन्द्रनगर नगरपालिकासंंगै समग्र प्रदेशको समृद्धिका लागि काँग्रेसलाइ जिताउन मतदाताहरुसंग अपिल गरे । कार्यक्रममा काँग्रेस क्षेत्र नं. २ सुर्खेतका सभापति नारायण कोइराला र रामकुुमारी थापाको समेत उपस्थिति रहेको थियो ।

दिएका वचन पूरा गर्छु : खड्का

प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नं. १ बाट उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले ७० सालमा काँग्रेसले संविधान जारी गर्नका लागि दिएको बचन पूरा गरेको बताएका छन् । २०७० सालको निर्वाचनमा संविधानको लागि दिएको वचन काँग्रेसकै नेतृत्वमा संविधान जारी भएर पूरा भएको बताउँदै उनले अबको निर्वाचनमा जनताले अफूलाइ विजयी गराएमा त्यसैगरी वचन पूरा गर्ने विश्वास व्यक्त गरे ।

आफ्नो चुनावी कार्यक्रमअन्तर्गत सोमबार सुर्खेतको बजेडीचौरस्थित देउलीमा भएकोे चुनावी सभालाइ सम्बोधन गर्दैै पूर्व गृहमन्त्री समेत रहेका खड्काले जनताकै विश्वासका कारण अघिल्लो निर्वाचनमा निर्वाचित भइक आफूले त्यो विश्वास टुट्न नदिएकोले अब पनि आफूलाई जनताले निर्वाचित् गर्नेमा विश्वस्त रहेको बताए ।

भैरहेका विकास निर्माणका कार्यहरु पूरा गर्दै जनताका आवश्यकता अनुसारका नयाँनयाँ विकासका कामहरु गर्दै जाने ख्काले बताए । यो निर्वाचनमा पनि आफू विजयी भएमा जनताका लागि अत्यावश्यक मानिएका सडक, सञ्चार, विद्युत, सिँचाइ, खाने पानीलगायतका विकास निर्मााणका कामहरुलाई प्राथमिकता दिँदै जनताको आर्थिक समृद्धिमा टेवा पु¥याउन आफूले महत्वपूर्ण भूमिका खेल्ने समेत उनले विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस गाउँ कार्य समिति बजेडीचौरका सभापति अशोक केसीको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।