☰ open Loading... 19 April 2024|  

दैलेखमा उम्मेदवारका नयाँ अनुहारले चुनाव रोचक
  | ६ मंसिर २०७४, बुधबार १३:२६

दैलेख – आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको चुनावका लागि दलहरु आफ्नो घोषणा पत्र सहित मत माग्न गाउँ पसेका छन् । जिल्लामा वाम गठबन्धन एमाले–माओवादी केन्द्र र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेस, राप्रपाको मुख्य प्रतिष्पर्धा देखिएको छ । ती गठबन्धनमा नयाँ अनुहार उम्मेदवार भएकाले चुनाव रोचक बन्ने देखीएको छ ।

नयाँ अनुहारले गर्दा चुनाव कसको पक्षमा पल्लाभारी हुने हो आकलन गर्न गाह्रो देखीएको हो । यद्यपी साना दलहरुले काट्ने भोटमा पनि रोचक हारजित हुने लक्षण देखीएको छ । नयाँ अनुहारमा संघका लोकतान्त्रिक गठबन्धनबाट दिपककुमार शाही, क्षेत्र नम्वर १ ख प्रदेश उम्मेदवार जंगतजग थापा र क मा कृष्णकुमार विसी, बाम गठबन्धनका रविन्द्रराज शर्मा संघमा चुनावी मैदानमा छन् ।

त्यस्तै क्षेत्र नं. १ क प्रदेशमा धर्मराज रेग्मी चुनावी मैदानमा छन् । त्यस्तै क्षेत्र नम्वर २ प्रदेश उम्मेदवार क बाट मधुरविक्रिम खनाल, ख बाट दिक्पाल शाही र बाम गठबन्धनबाट प्रदेश क शुसील थापा र प्रदेश ख बाट राजबहादुर शाही रहेका छन् ।

पुराना अनुहारमा क्षेत्र न.ं १ प्रदेश ख बाट बाम गठबन्धनबाट एमालेका अम्मरबहादुर थापा रहेका छन् उनी यसअघि संविधान सभा सदस्य थिए । त्यस्तै क्षेत्र न. २ बाट संघका उम्मेदवार राजबहादुर बुढा यस अघि सांसद भईसकेका हुन् । काँग्रेसबाट संघका क्षेत्र नम्वर २ का उम्मेदवार पूर्व प्रतिनिधि सभा सदस्य शिवराज जोशी रहेका छन् ।

जिल्लामा ९ दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । १ लाख ३२ हजार ९ सय ९२ मतदाता छन् । क्षेत्र नम्वर १ मा ७० हजार १ सय ९० मतदाता छन् भने क्षेत्र नम्वर २ मा ६९ हजार ७ सय ५४ छन् ।

राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नेकपा माआवोदी क्रान्तिकारी लगायत साना दलबाट समेत प्रदेश र संघमा उम्मेदवारहरु चुनावी मैदानमा छन् । मनोनयन दर्तासँगै हिजाआज प्रचारप्रसारमा उम्मेदवारहरु गाँउ पुगेका हुन् ।

उम्मेदवारहरु बाटोघाटो, खानेपानी, सिंचाई, विद्युत्त, सडकलगायतका सुधार गर्ने प्रतिबद्वता सहित गाउँ पसेको प्रतिक्रिया दिएका छन् । जिल्ला २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा सदस्य निर्वाचनका लागि ९ दलबाट उम्मेदवारी दर्ता गरि चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका पार्टी अध्यक्ष रविन्द्रराज शर्मा र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका दिपककुमार शाही छन् । निर्वाचन क्षेत्र नम्वर २ बाट एमालेका राजबहादुर बुढा र काँग्रेसबाट शिवराज जोशी प्रतिनिधि सभाका लागि मैदानमा प्रतिष्प्रधामा छन् ।

निर्वाचन क्षेत्र नं. १ अन्तरगत प्रदेश सभा ‘क’ मा माओवादी केन्दका धर्मराज रेग्मी, काँग्रेसका कृष्णकुमार विसी र प्रदेश ‘ख’ मा एमालेका अम्मरबहादुर थापा, काँग्रेसका जगतजंग थापा चुनावी मैदानमा छन् । निर्वाचन क्षेत्र न २ को प्रदेश सभा ‘क’ मा काँग्रेसका मधुरविक्रम खनाल र एमालेका शुसिल थापा र प्रदेश सभा ‘ख’ मा काँग्रेसका दिक्कपाल शाही र एमालेका राजबहादुर शाही उम्मेदवार दर्ता गरेर जनता माँझ पुगेका छन् ।

राष्ट्रिय जनमोर्चाले दैलेखको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ का लागि पूर्ण बहादुर शाही र प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. २ बाट भिमबहादुर विष्टलाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रतिनिधी सभा क्षेत्र नं. १ को प्रदेश ‘क’ मा कविराज खत्री, प्रदेश ‘ख’ मा सुरतबहादुर रावत, प्रतिनिधी सभा क्षेत्र नं. २ को ‘क’ मा लोकपाल थापा र प्रदेश ‘ख’ मा कलम वरैमगर लाई उठाएको छ ।

यस्तै, नेमकिपाको तर्फबाट दैलेखको प्रतिनिधी सभा क्षेत्र नं. १ मा बमबहादुर सिंह र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा जग्य बहादुर शाहीले टिकट पाएका छन् ।

प्रतिनिधी सभा क्षेत्र नं. १ को प्रदेश ‘क’ बाट जगतबहादुर वली, प्रदेश ‘ख’ मा दुर्गबहादुर थापामगर, प्रतिनिधी सभा क्षेत्र नं. २ को ‘क’ मा मोतिराम शर्मा लम्साल र प्रदेश ‘ख’ मा लालबहादुर कठायत उम्मेदवार बनि गाउँ पसेका छन् ।

जिल्लामा नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओवादी ९ देशभक्त जनगणतान्त्रीक पार्टी, विवेकशिल साझा पार्टीलगायतले उम्मेदवार चयन गरी चुनावमा होमिएका छन् ।

लोकतान्तिक गठबन्धन र बाम गठबन्धनविच नै रोचक प्रतिष्पर्धा हुने नेताहरुले आंकलन गरेका छन् । यहाँका जनताहरुले नेता अनुसार आफ्नो मतदान गर्ने भएकाले पनि कसले बाजी मार्ने हो भन्ने अवस्था छैन् ।