Loading... 18 December 2017|   सोमवार, पुस ३, २०७४

पार्टी एकता हुन्छ ः ओली

दैलेख सम्वाददाता   |

दैलेख, – एमाले अध्यक्ष केपी शर्मा ओलीले दैलेखको बम गठबन्धनले गरेको सभालाई सम्वोधन गर्दै पार्टी एकता हुने बताएका छन् तर, कहिले हुने त्यो भने खुलाएनन् ।

उनले चुनाव लगत्तै बामपन्थी सरकार हुने उद्घोष गरेका छन् ।

पहिलेभन्दा माओवादीमा परिवर्तन आएकाले गठबन्धन र पार्टी एकता सम्भव भएको उनले बताए ।

łहामीले एउटै पार्टी बनाउने अन्तिम तयारी भईसक्यो । ओलीले भने, एउटै नितिका साथ अहिले हामी चुनावमा होमीएका छौं । पार्टी र एकताबारे समय खर्चेका नेता वलीले चुनावी एजेण्डाका विषयमा खासै बोलेनन् ।

ओलीले जनमासलाई प्रभावपार्ने खालका भाषण नगरेको भाषण खुन्नका लागि पुगेका स्थानीयहरुको भनाई छ ।

ओलीआउनु अघि एकिकृत माओवादी नेता रामबहादुर थापा बादलले सम्वोधन गरेका थिए ।

प्रचण्ड आउने तयारी भएपछि अन्तिममा उनको साटो बादल आएका हुन् । एकपछि अर्को गर्दै भिन्दाभिन्दै हेलिकप्टर चार्टर गरेर बादल ओली दैलेखको टुंडीखेल आएका थिए ।

टुंडीखेलको सभा सकेर दुवै नेता दुल्लुको सभालाई सम्वोधन गर्न पुगेका थिए । दुल्लुपछि सुर्खेतमा भएको सभामा सहभागी भएका एमाले नेताहरुले बताएका छन् ।

प्रकाशित मितिः बिहिबार, मंसिर ७, २०७४     2:59:19 PM
error: Content is protected !!