☰ open Loading... 29 March 2024|  

वकिल कार्यालय र विद्यार्थीविच अन्तरक्रिया
  | ९ मंसिर २०७४, शनिबार १८:५३

सुर्खेत । जिल्ला सरकारी वकिल कार्यालय सुर्खेत र विद्यार्थीहरु विच एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । समुदायमा सरकारी वकिल कार्यक्रम अन्तरगत सुर्खेत उपत्यका भित्रका विद्यार्थीसंग कार्यालयले सो अन्तरक्रिया सम्पन्न गरेको हो ।

अन्तरक्रियामा सरकारी वकिल कार्यालयले गर्ने काम, संस्थागत संरचना, महान्यायधिवक्ता कार्यालयसंग गर्ने समन्वय लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिएको सरकारी वकिल कार्यालय सुर्खेतका जिल्ला न्यायधिवक्ता रत्न गिरीले जानकारी दिए ।

उनले अदालतसंग वकिल कार्यालयले कसरी काम गर्छ र दुई कार्यालयविचको सम्वन्धका बारेमा पनि विद्यार्थीहरुलाई स्पष्ट पारेको बताए । साथै, अन्तरक्रियामा विद्यार्थीहरुलाई कानुनी व्यवस्था, बालअधिकार, संवैधानिक व्यवस्था लगायतका विषयमा प्रशिक्षण गराइएको थियो ।

विद्यार्थीमार्फत समुदायलाई वकिल कार्यालयका काम कारवाही सहज रुपमा पुग्ने भएकाले सचेतनामुलक अन्तरक्रिया गर्दै आएको गिरीले उल्लेख गरे । जिल्ला शिक्षा कार्यालय सुर्खेतसंग समन्वय गरेर सुर्खेत उपत्यकाका २० जना विद्यार्थीहरु अन्तरक्रियामा सहभागी थिए ।