☰ open Loading... 25 April 2024|  

अंकगणितमा बढी हुँदा पनि प्रतिष्पर्धामै चुनाव
  | ११ मंसिर २०७४, सोमबार १६:१६

दैलेख  – विगतका निर्वाचनका आधारमा बाम गठबन्धन अंकगणितमा बढी भएपनि चुनावी सरगर्मीले चुनाव प्रतिष्पर्धा हुने देखाएको छ । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा सदस्य रहेको दैलेखमा नयाँ अनुहार धेरै रहेकाले चुनाव कस्को पोल्टामा जाने आंकलन गर्न नसकिएको हो ।

दैलेखको सदरमुकाम दैलेख बजार

जिल्लामा ९ दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । १ लाख ३२ हजार ९ सय ९२ मतदाता छन् । क्षेत्र नम्वर १ मा ७० हजार १ सय ९० मतदाता छन् भने क्षेत्र नम्वर २ मा ६९ हजार ७ सय ५४ छन् ।

२०६४ सालमा मध्यपश्चिमभरी काँग्रेसबाट विजयी बनेका एक्लो उम्मेदवार गणेशबहादुर खड्का स्वतन्त्र उम्मेदवारी दिएपछि विज्ञप्ती जारी गर्दै लोकतान्त्रिक गठबन्धनलाई सघाउने उद्घोष गरेका छन् ।

अंगणितमा झिनो मतले बाम गठबन्धन अगाडी भएपनि लोकतान्त्रिक गठबन्धनको तिव्र चुनाव प्रचार शैलीले प्रतिष्पर्धा र रोचक देखीएको छ । बाम गठबन्धन आफ्नो साख जोगाउने रणनितिमा छन् भने लोकतान्त्रिक गठबन्धन तोड्ने दाउमा छ । विगतको चुनावी नतिजालाई हेर्ने हो भने पनि दैलेखमा एउटै दललाई लगातार विजयी गराएर पठाएको पाईदैन् ।

कहिले मजदुर किसान त कहिले काँग्रेस त कहिले एमालले विजयी भएको ईतिहास छ । एउटा चुनावमा एउटा दल विजयी हुन्छ अर्को चुनावमा पराजित यो दैलेखी जनताले २०४८ सालदेखी अहिलेसम्म दिएको मत परिणाम हो ।

जनता उम्मेदवारप्रति सन्तुष्ट नहुदा मन फेर बदल भईरहने भएकाले चुनावको नजिता पनि प्रत्येक चुनावमा फरक आउने गरेको दैलेखका पत्रकार तथा जिल्लाको राजनितिलाई नजिकबाट नियालेका विशाल सुनारले बताए । łजिल्लाले दुरदर्शी नेता नै पाएन् । पत्रकार सुनारले भने, आशैआशमा जनताको मत परिर्वतन हुने गरेको छ ।

त्यस्तै दुवै गठबन्धनमा नयाँ अनुहार उम्मेदवार भएकाले चुनाव माहोल पनि रोचक बनेको छ । नयाँ अनुहारले गर्दा चुनाव कसको पक्षमा पल्लाभारी हुने हो आकलन गर्न गाह्रो देखीएको हो ।

यद्यपी साना दलहरुले काट्ने भोटमा पनि रोचक हारजित हुने लक्षण देखीएको छ । नयाँ अनुहारमा संघका लोकतान्त्रिक गठबन्धनबाट दिपककुमार शाही, क्षेत्र नम्वर १ ख प्रदेश उम्मेदवार जंगतजग थापा र क मा कृष्णकुमार विसी, ।

त्यस्तै क्षेत्र नं. १ बाम गठबन्धनबाट रविन्द्रराज शर्मा संघमा चुनावी मैदानमा छन् । यहाकै क प्रदेशमा धर्मराज रेग्मी चुनावी मैदानमा छन् ।

त्यस्तै क्षेत्र नम्वर २ प्रदेश उम्मेदवार क बाट मधुरविक्रिम खनाल, ख बाट दिक्पाल शाही र बाम गठबन्धनबाट प्रदेश क शुसील थापा र प्रदेश ख बाट राजबहादुर शाही रहेका छन् ।

पुराना अनुहारमा क्षेत्र न.ं १ प्रदेश ख बाट बाम गठबन्धनबाट एमालेका अम्मरबहादुर थापा रहेका छन् उनी यसअघि संविधान सभा सदस्य थिए ।

त्यस्तै क्षेत्र न. २ बाट संघका उम्मेदवार राजबहादुर बुढा यस अघि सांसद र काँग्रेसबाट उनका प्रतिस्पधीका रुपमा रहेका शिवराज जोशी पनि पूर्व राज्य मन्त्री र प्रतिनिधि सभा सदस्य हुन् ।